मेयरकप फुटवल प्रतियोगिताको लागि धनकुटाको पाख्रीवासमा तयारी तिव्र

धनकुटा खबर । यही माघ २४ गतेदेखी धनकुटाको पाख्रीवास नगरपालिकामा दोश्रो मेयरकप वडा स्तरिय फुटवल प्रतियोगिता हुनेभएको छ । जसका लागि तयारीको कामलाई तिव्रता दिईएको छ ।

प्रतियोगिता व्यवस्थापन समितिका संयोजकसिताराम राईका अनुसार सम्पूर्ण वडाका खेलाडीहरु प्रतियोगितामा सहभागी हुने, खेलमैदान व्यवस्थापन, मञ्च व्यवस्थापन लगायत अन्य कामहरु करिव अन्तिम चरण पुगेकाछन् ।

पाख्रीवास नगरपालिकाद्धारा गत वर्षदेखी आयोजना गर्न थालिएको मेयरकप फुटवल प्रतियोगिताका विजयी प्रथम समूहले नगद १ लाख ५१ हजार र दोश्रो हुनेले नगद ७५ हजार ५ सय सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

त्यस्तै उत्कृष्ठ खेलाडी, उत्कृष्ठ गोल रक्षक लगायतलाई पनि पुरस्कृत गरिने छ । प्रतियोगिताको उद्घाटन प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईवाट हुने जनाईएको छ ।

प्रतियोगिता उद्घाटन र समापन सत्रमा राष्ट्रिय कलाकार शम्भु राई,साजन राई,गंगा गौतम र श्रेया राई सहित स्थानिय कलाकारहरुको वजोड साँगितिक प्रस्तुती रहने संयोजक राईले जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।