धनकुटाको छथरजोरपाटीमा भईरहेको एमडिए अन्तरक्रिया आज सकियो, सहयोग गर्न सवैलाई अनुरोध
धनकुटा खबर, माघ २३ । हातीपाईले रोग वि,रुद्धको आम औषधि खुवाउने अभियान (एमडिए)लाई लक्ष्ति गरि धनकुटाको छथरजोरपाटी गाउँपालिकाको विभिन्न वडामा भईरहेको वडा स्तरिय अन्तरक्रिया आज सकिएको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखाले आज ५ नं वडाका सरोकारवालाहरु सँग अन्तरक्रिया गरेसँगै वडा स्तरिय अन्तरक्रिया समापन भएको हो । ५ नं वडाध्यक्ष सुरेन्द्र कुमार लिम्वुको अध्यक्षतामा भएको अन्तरक्रियाको सहजीकरण स्वास्थ्यशाखा प्रमुख सुन्दरमान डङ्गोल र सह प्रमुख दिनप्रसाद दुलालले गर्नुभएको थियो । स्वागत मन्तव्य वडा सचिव विमल श्रेष्ठले राख्नुभएको थियो ।

अन्तरक्रियामा सहभागीहरुलाई हातीपाईले रोगको वारेमा जानकारी गराउदै यस रोग वि,रुद्धको आम औषधि सेवनका लागि सवैलाई आ आफ्नो तर्फवाट सहयोग गर्न अनुरोध गरिएको थियो ।


