प्रदेश १ लाई खेलकुदको राजधानिको रुपमा स्थापित गर्ने – मुख्यमन्त्रि राई
धनकुटा खबर, माघ २४ । प्रदेश सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथामिकतामा राखेको प्रदेश नं १ का मुख्य मन्त्रि शेरधन राईले वताउनुभएको छ ।
धनकुटाको पाख्रीवास नगरपालिकाद्धारा आयोजित अन्तर वडास्तरिय द्धितीय मेयरकप फुटवल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्य मन्त्रि राईले प्रदेश नं १ लाई खेलकुदको राजधानिको रुपमा स्थापित गर्ने लक्षका साथ खेलकुदलाई उच्च प्राथामिक्तामा राखेको वताउनुभयो । उहाँले खेलकुदको माध्यममवाट राष्ट्रलाई योगदान गर्न सकिने भन्दै सम्पूर्ण खेलाडीहरुलाई व्यवसायिक रुपमा खेलकुदको क्षेत्रमा लाग्न आग्रह समेत गर्नुभयोे ।
फुटवलखेलको हकमा सवैभन्दा धेरै खेलाडी प्रदेश १ वाटै उत्पादन भईरहेको सन्र्दभ जोड्दै सार्क गेममा स्वर्ण, कास्य र रजत पदक हाँसिल गर्ने खेलाडीहरुलाई क्रमश ३,२ र १ लाख प्रदान गरि सम्मान गर्ने निर्णय समेत गरिसेको जानकारी गराउनुभयो । खेलकुद क्षेत्रलाई उच्च प्राथामिक्तामा राखेर नै यस आर्थिक वर्षमा आफुहरुले ४२ करोड वजेट खेलकुद क्षेत्रको लागि छुट्याएको वताउनुभयो ।

पाख्रीवास नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा सञ्चालित प्रतियोगिता उद्घाटन कार्यक्रममा मुख्यमन्त्रि राईले पाख्रीवास मुगा सुनवालुवा घोरेटार हुँदै दिक्तेल जोड्ने सडकलाई पनि प्रदेश सरकारले प्रााथामिक्तामा राखेको र यसलाइृ पक्की वनाउन वजेटको व्यवस्था भईसकेको स्पष्ट पार्नुभयो । त्यसैगरी सुनवालुवामा दुई वर्ष भित्र सक्केगरी पक्की पुल निर्माणको काम शुरु भईसकेको वताउनुभयो ।
यो प्रतियोगिताले नेपाल भ्रमण वर्षको लक्ष पूरा गर्न पनि भूमिका खेल्ने भन्दै उहाँले पाख्रीवासको वडा नं १ र २ लाई जोड्ने मुख्यमन्त्रि ग्रामीण सडक, यहाँको कृषी क्याम्पसलाई प्रदेश कै विश्वविद्यालयको रुपमा स्थापित गर्ने,पाख्रीवासलाई पर्यटकीय नगरको रुपमा स्थापित गर्ने लगायतका विकास निर्माणको कुरामा आफ्नो ध्यानाकर्षाण भएको वताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारका न्याय प्रशासन तथा विधायन समितिका सभापति ईन्द्रमणी पराजुली,जिल्ला समन्वय समितिका संयोजक टंक चौहान लगायतले मन्तव्य राखेका थिए । स्वागत मन्तव्य प्रतियोगिता व्यवस्थापन समितिका संयोजक सिताराम राईले राख्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरु साजन राई र श्रेया राई सहित स्थानिय कलाककार चक्र गुरुङले साँगिति प्रस्तुती प्रदर्शन गरेका थिए ।


