धनकुटाको चौविसेमा निःशुल्क आँखा शिविर – ३ सय बढीको आँखा जाँच, ४८ जनाको अप्रे,शन
धनकुटा खबर, माघ २५ । धनकुटाको चौविसे गाउँपालिका २ शुक्रवारे वजारमा जारी निःशुल्क आँखा शिविरको क्रममा ४८ जना मोतिविन्दु तथा आँखामा मासु पलाएका विरामी को अप्रे,शन गरिएको छ ।
चौविसे गाउँपालिका राजारानीको आयोजना तथा नेपाल नेत्र ज्योति संघ द्धारा सञ्चालित डा राम प्रसाद पोखरेल आँखा अस्पताल धनकुटाको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा हिजो सम्म सम्म करिव ३ सय वढीको आँखा जाँच गरिएको मध्ये उल्लेखित संख्याका विरामीको आँखा अप्रे,शन गरिएको शिविर आयोजकलाई उधृत गर्दै नेकपा चौविसेका प्रचार प्रसार समितिका संयोजक शालिग्राम पौडेलले जानकारी दिनुभयो । शिविरमा डा राजश्री श्रेष्ठले सेवा दिनुभएको छ । (फाईल फोटो)



