धनकुटाका सात वटै तहमा हात्तीपाइलेको औषधी खुवाउन सुरु, पहिलो दिन उत्साहजनक सहभागिता
धनकुटा खबर, २५ माघ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्त्र्तगत धनकुटा जिल्लामा आज बाट औषधी खुवाउने काम सुरु भएको छ ।
औषधी खुवाउने कार्यक्रम अन्र्तगत आज पहिलो दिन जिल्लाका सात वटै स्थानियतहमा उत्साह जनक रुपमा औषधी खुवाउने कार्यक्रम भएको जिल्ला स्वाथ्य कार्यलय धनकुटाका निमित प्रमुख तुलसी प्रसाद गुरागाँईले जानकारी दिनु भयो ।
एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली सहित धनकुटाको प्रभावित स्थान लेगुवामा औषधी खुवाईएको साथै अन्य स्थानमा समेत अनुगमन गर्दा उत्साह जनक उपस्थिीती भएको र अहिले सम्म औषधी खुवाउँदा कोही कसै लाई कुनै किसिमको समस्या नभएको गुरागाईले जानकारी दिनु भयो ।

धनकुटामा माघ २५ देखि २८ सम्म सम्म हात्तीपाइले रोग निवारण अभियानको लागि नवौ चरणको आम औषधी सेवन अभियान सञ्चालन भई रहेको छ । धनकुटामा १ लाख ६० हजार लाई औषधी खुवाईने स्वस्थ्य कार्यालय धनकुटाले जनाएको छ ।


