धनकुटामा छुट्टै कोरोना भा,इरस उपचार कक्ष

धनकुटा खबर । जिल्ला अस्पताल धनकुटाले कोरोना भा,इरस उपचार गर्न छुट्टै ‘कोरोना भा,इरस उपचार कक्ष ’तयार गरेको छ । जिल्ला अस्पताल धनकुटाको भवनको दोस्रो तलामा छुट्टै एउटा कोठामा कोरोना भा,इरस उपचार कक्ष तयार गरिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेट डा. पुजन विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार सो भा,इरसका लक्षण देखिएका विरामी आएमा छुट्टै कक्षमा राखी उपचार गर्ने व्यवस्था गरिएको छ । कोरोना भा,इरस उपचार कक्ष रहेको कोठामा तीन ओटा वेडको व्यवस्था गरिएको छ ।

धनकुटाका प्रमुख जिल्ला अधिकारी डा. कृष्णवहादुर घिमिरेको अध्यक्षतामा जिल्ला अस्पताल प्रमुख, जनस्वास्थ्य प्रमुख, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख लगायत स्वास्थ्य सेवासँग सम्वन्धित संस्था तथा व्यक्तिहरुको उपस्थितिमा वसेको वैठकले नोवेल कोरोना भा,इरसको महामारी, रोकथाम तथा आवश्यक सतर्कता अपनाउने, जनचेतना मुलक कार्यक्रम संचालन गर्ने र अन्य सतर्कताका कार्यलाई प्रभावकारी रुपमा अघि बढाउने लगायतका निर्णय समेत गरेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।