धनकुटा सहित १३ जिल्लामा हात्तीपाईले रोगको राष्ट्रिय अभियान सफल नभएपछि…

धनकुटा खबर, २६ माघ । आठौ चरणको आम औषधी खुवाउने कार्यक्रम सम्पन गर्दा समेत धनकुटा सहित १३ जिल्लामा हात्तीपाईले रोग सं,क्रमित विरामी फेला परेपछि भने सन् २०२० सम्ममा मुलुकबाटै हात्तीपाईले रोग निवारण गर्ने राष्ट्रिय लक्ष्य हासिल नहुने भए पछि अभियान लाई सन् २०२३ सम्ममा पुरा गर्ने लक्ष्य लिएको छ ।

विगत आठ बर्ष देखि निरन्त औषधी खुवाउदै आईए पनि अघिल्लो बर्ष लिईएको नमुना परिक्षणमा धनकुटामा ७ जनामा हातिपाहिले रोगको सं,क्रमण देखिए छ । तीन पटक औषधी खुवाउदा रोग निवारण हुने भएपनि धनकुटामा भने आठौ चरण औषधी खुवाउदा समेत बिरामी फेला परि रहेको जिल्ला स्वाथ्य कार्यलय धनकुटाका निमित प्रमुख तुलसीप्रसाद गुरागाईले जानकारी दिनु भयो ।

उनले भने सन् २०२० सम्ममा मुलुकबाटै हात्तीपाईले रोग निवारण गर्ने राष्ट्रिय लक्ष्य थियो तर लक्ष्य हासिल नहुने भए पछि अभियान लाई सन् २०२३ सम्ममा पुगेको छ । औषधी खुवाउने अभियानमा अघिल्ला बर्षहरुमा जस्तो स्वंयम सेविकालाई मात्र जिम्वेवारी नदिई स्वाथ्यकर्मि लाई समेत औषधी वितरणका लागि खटाईएकोले यो बर्ष प्रभावकारी हुने अपेक्षा रहेको गुरागाईको भनाई छ ।

धनकुटामा माघ २५ देखि २८ सम्म सम्म हात्तीपाइले रोग निवारण अभियानको लागि नवौ चरणको आम औषधी सेवन अभियान सञ्चालन भई रहेको छ । धनकुटामा १ लाख ६० हजार लाई औषधी खुवाईने स्वस्थ्य कार्यालय धनकुटाले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।