धनकुटाको पाख्रीवासमा जारी मेयरकप – आज ४ खेल, यस्तो छ आजको खेल नतिजा हेर्नुस्

धनकुटा खबर, माघ २६ । धनकुटाको पाख्रीवास नगरपालिकामा सञ्चालित अन्तर वडा स्तरिय द्धितीय मेयरकप फुटवल प्रतियोगिता आज पनि जारी छ । नेपाल भ्रमण वर्षलाई समेत लक्षित गरी पाख्रीवास नगरपालिकाद्धारा आयोजित प्रतियोगिता अन्र्तगत आज विहान २ वटा खेल भए ।

जसमध्ये पाख्रीवास ८ र २ वीच भएको पहिलो खेलमा ०-२ गोल अन्तरले पाख्रीवास ८ विजयी भएको छ । ८ नं वडालाई जीत दिलाउन जर्सी नं ९ का खेलाडी प्रज्वल राईले ४४ औ मिनेटमा र जर्सी नं ७ का कुशल भण्डारीले ५९ औ मिनेटमा १/१ गोलको योगदान गरेका थिए । यस खेलको म्यान अफ दि म्याच वडा नं ८ का टिम क्याप्टेन विकास राई घोषित भए ।

त्यस्तैगरि वडा नं ३ र ५ वीच भएको दोश्रो खेलमा १-६ गोल अन्तरले पाख्रीवास ३ विजयी भएको छ । ५ नं वडाको जीतका लागि जर्सी नं १० का खेलाडी अनिम राईले प्रतियोगिता शूरु भएको १५ औ मिनेट मै गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसपछि जर्सी नं ३४ का हेम वहादुर कटुवालले ३८ औ, जर्सी नं १६ का सिद्धान्त राईले ५२ औ,जर्सी नं २० का शुक्र वहादुर रानाले ५६ औ,जर्सी नं ३६ का पेम्वा तामाङले ६० औ,जर्सी नं ३० का खेलाडी सिमसन तामाङले ६० प्लस २ औ मिनेटमा १/१ गोलको योगदान गरे । वडा नं ३ का लागि रोशन तामाङले १ गोल गरे वाहेक अन्य खेलाडीले गोल हान्न सकेनन् । यो खेलको म्यान अफ दि म्याच वडा नं ३ का टिम क्याप्टेन जर्सी नं १० का अनिम राई घोषित भए ।

त्यस्तै वडा नं ६ र १० वीच दिउसो भएको तेश्रो खेलमा दुवै वडाले १/१ गोलको वरावरी खेलेकाछन् । यो खेलको म्यान अफ दि म्याच वडा नं १० टिम क्याप्टेन उज्वल भण्डारी घोषित भए र वडा नं १ र ९ वीच भएको आजको चौथो तथा अन्तिम खेलमा १-५ गोल अन्तरले वडा नं ९ विजयी भएको छ । यो खेलको म्यान अफ दि म्याच अभिषेक तामाङ घोषित भए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।