धनकुटाको पाख्रीवासमा सञ्चालित मेयरकपमा आजका ४ वटै खेल बराबरीमा
धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकामा सञ्चालित अन्तर वडा स्तरिय दोश्रो मेयरकप फुटवल प्रतियोगिता अन्र्तगत आज भएका सम्पूर्ण खेलहरु बराबरी भएकाछन् ।
आज विहान वडा नं ७ र ९ वीच भएको खेलमा दुवै वडाले कुनै पनि गोल गरेनन् र गोल रहित वरावरी खेले। यो खेलको म्यान अफ दि म्याच वडा नं ७ का जर्सी नं २५ का खेलाडी दिनेश तामाङ घोषित भए ।
त्यस्तैगरी वडा नं ४ र ६ वीच भएको खेलमा पनि दुवै वडा ले १,१ गोलको वरावरी खेल्दै अंक बाँडेकाछन् । यस खेलको म्यान अफ दि म्याच वडा नं ६ का जर्सी नं १ का गोल किपर सुमन राई घोषित भए ।

त्यस्तै वडा नं १ र ५ वीच दिउँसो भएको खेलमा पनि दुवै वडाले १,१ गोल कै वरावरी खेलेकाछन् । म्यान अफ दि म्याच जर्सी नं ११ का खेलाडी कृष्ण कुँवर घोषित भए र वडा नं १० र २ वीचको आजको चौथो तथा अन्तिम खेलमा पनि दुवै वडाले १,१ गोल कै वरावरी खेलेकाछन् । यस खेलको म्यान अफ दि म्याच वडा नं २ का जर्सी नं १७ का खेलाडी विकास राई घोषित भए ।
म्यान अफ दि म्याच हरुलाई नगर प्रमुख वृष वहादुर राई लगायतले ट्रफी प्रदान गर्नुभएको थियो । भोलि ११ वजे देखी लिग चरणका अन्तिम तीन खेलहरु हुनेछन् । (फाईल फोटो)


