पाख्रीवासको मेयरकपमा यी ४ वडा सेमिफाईनलमा प्रवेश, भोली कुन-कुन टीम भिःड्दैछन – हेर्नुहोस्

धनकुटा खबर, माघ २९ । धनकुटाको पाख्रीवासमा सञ्चालित अन्तरवडा स्तरिय दोश्रो मेयरकप फुटवल प्रतियोगिताको सेमिफाईनलमा विभिन्न ४ वटा वडा प्रवेश गरेकाछन् ।

भ्रमण वर्ष २०२० लाई समेत लक्षित गर्दै पाख्रीवास नगरपालिकाले आयोजना गरेको यस प्रतियोगिताको सेमिफाईनलमा नगरका ४, ८, ९ र ३ नं वडा प्रवेश गरेका हुन् ।

यस अघि आज भएको लिग चरणका अन्तिम खेलमा वडा नं ३ र ७ वीच भएको खेलमा ० को विरुद २ गोल गर्दै वडा नं ३ सेमिफाईनलमा पुगेको हो । यो खेलको म्यान अफ दि म्याच वडा नं ७ का जर्सी नं १ का पारशमणी तामाङ घोषित भए ।

त्यस्तै गरि वडा नं ५ र ९ वीच भएको खेलमा पनि ० कै विरुद्ध ६ गोल लगाउदै वडा नं ९ सेमिफाईनलमा पुगेको हो । यो खेलको म्यान अफ दि म्याच वडा नं ५ का जर्सी नं ९ का खेलाडी दिपेश थापा घोषित भए ।

त्यस्तै वडा नं ६ र ८ वीच भएको अन्तिम खेलमा ० को विरुद्ध ४ गोल हान्दै वडा नं ८ सेमिफाईनलमा प्रवेश गरेको हो । यो खेलको म्यान अफ दि म्याच वडा नं ८ का जर्सी नं १७ का विकास राई घोषित भएको मुख्य रेफ्री महेष मल्लिकले वताउनुभयो ।

भोलि सेमिफाईनलमा समूह क को विजेता वडा नं ९ भर्सेज समूह ख को उपविजेता वडा नं ४ र समूह ख को विजेता वडा नं ८ भर्सेज समूह क उपविजेता वडा नं ३ वीच खेल हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।