धनकुटामा भलिबल खेलाडी छनौट गर्न ‘क्लोज क्याम्प’

धनकुटा खबर, १ फागुन । धनकुटा जिल्ला भलिवल संघ धनकुटाले वन्द प्रशिक्षण (क्लोज क्याम्प) सुरु गरेको छ । एक हप्तादेखि धनकुटाको कागतेमा वन्द प्रशिक्षण सुरु गरिएको जिल्ला भलिवल संघ धनकुटाका अध्यक्ष गौरव कार्कीले जानकारी दिनु भयो ।

जिल्लाका सवै स्थानीय तहवाट खेलाडी छनौंट गरि १५ जना खेलाडी वन्द प्रशिक्षणमा सामेल गराइएको छ । ती मध्ये ९ जना खेलाडी छनौंट गरि धनकुटाको ए लेभलको टिम बनाइने छ । भने बाँकी खेलाडीहरुलाई समेटेर धनकुटाको वी टिम बनाउने अध्यक्ष कार्कीले जानकारी दिनु भयो ।

ए लेभल टिमले आगामी फागुन ६ गते सोलुखुम्वुमा हुन गइरहेको प्रदेश स्तरीय मदन भण्डारी स्मृति कप भलिवल प्रतियोगितामा धनकुटाको प्रतिनिधित्व गर्नेछ । वन्द प्रशिक्षणमा मुख्य प्रशिक्षक ऋषि पराजुली र सहायक प्रशिक्षक गणेश लिम्बुले भलिवल खेलको आधारभुत तथा खेल कौशलको विषयमा प्रशिक्षण दिइ रहनु भएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।