पाख्रीवास ४ ले हातपार्यो मेयर कप फुटवलको उपाधी

धनकुटा खबर, फागुन २ । धनकुटाको पाख्रीवासमा सञ्चालित अन्तर वडास्तरिय दोश्रो मेयर कप फुटवल प्रतियोगिताको जित पाख्रीवास ४ ले हात पारेको छ । आज भएको फाईनलमा पाख्रीवास ८ सँग भिडको उस्ले ०-१ गोलको अन्तरले कठिन जित हात पारेको हो ।

वडा नं ४ को जितका लागि वडा नं ४ का जर्सी नं ११ का खेलाडी विनोद वुडाथोकीले १ गोलको योगदान गरेका थिए । जित सँगै उस्ले नगद १ लाख ५१ हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको छ भने उपविजेतामा चित्त वुझाएको वडा नं ८ ले नगद रु ७५ हजार ५ सय सहित ट्रफी, मेडल र प्रमाण पत्रमा पुरस्कार पाएको छ ।

यसैवीच संघिय सांषद राजेन्द्र कुमार राईले पाख्रीवासलाई स्मार्ट शहर वनाउने क्रममा आफुहरु लागिरहेको वताउनुभएको छ । दोश्रो मेयरकप फुटवल प्रतियोगिता समापन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले त्यस्तो वताउनुभएको हो ।

नगर प्रमुख वृष वहादुर राईको अध्यक्षतामा सञ्चालित कार्यक्रममा वोल्दै सांषद राईले केही समयपछि जाल्पादेवी खेल मैदान संघिय सरकारको वजेट मार्फत ऐतिहाँसिक रंगशालाको रुपमा विकास हुने जानकारी गराउनुभयो । जसका लागि वजेट समेत चाँडै विनियोजन हुने र अन्य विकास निर्माणका काम समेत भईरहेको वताउनुभयो । यसरी जनताको जिविका निर्वाहका लागि सरकार लागिरहेको भन्दै उहाँले सरकारलाई साथ दिन आग्रह गर्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई समेत लक्षित गरी गत माघ २४ गतेदेखी सञ्चालित यो प्रतियोगिता समापन हुनुअघि आज दिउँसो राष्ट्रिय कलाकारहरु शम्भु राई र गंगा गौतमले चिठ्ठी तिमीलाई लेखुँ भन्छु, थुन्चेको भारी विसाउदै, आलु दम चना, घर त हिले हो, झम्के फुली नाकैमा वुलाकी, चेप्टे चेप्टे पेरेङ्गो, यो मन लगेउ नि चोरी लगायतका गीत गाएर संगितिक मनोरञ्जन प्रदान गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।