नटराज कलाकारमा उत्कृष्ठ कलाकारलाई नगद पुरस्कार, तुलसी मेहर स्कुल धनकुटाकी आनि राई प्रथम

धनकुटा खबर, ५ फागुन । हाम्रो बहुमुखी पाठशाला धनकुटाले आयोजना गरेको नटराज कलाकारमा उत्कृष्ठ कलाकारलाई नगद पुरस्कार हस्तान्तरण गरेको छ ।

फागुन ३ गते भएको फाईनल चरणमा प्रथम, द्धितिय र तृतिय हुने कलाकार लाई पुरस्कृत गरेको हो । धनकुटामा आज एक कार्यक्रम गर्दै पाठशालाले प्रथम हुने तुलसी मेहर इन्लिसबोर्डिङ्ग स्कुलकी कक्षा ८ कि छात्रा आनि राई २७ हजार ५ सय तेस्तै दोस्रो हुने निजामती आवासिय विद्यालयकी छात्रा नजुमा लिम्बु लाई १७ हजार ५ सय र तेस्रो हने तुलसी मेहर इन्लिसबोर्डिङ्ग स्कुलकी कक्षा ८ का छात्र नबोदित श्रेष्ठ लाई नगद १२ हजार ५ सयले पुरस्कृत गरेको हो ।

पुरस्कार वितरण कार्यक्रमा बोल्दै कार्यक्रमा प्रमुख अतिथी धनकुटा नगरपालिका वडा न ७ का वडा अध्यक्ष जंगबहादुर राईले विद्यालयमा रहेका प्रतिभाहरुलाई बहिर ल्याउन सहयोग गरेको छ त्यो स्वागत योग्य भएको बताए ।

प्रमुख अतिथी धनकुटा नगरपालिका वडा न ७ का वडा अध्यक्ष जंगबहादुर राई, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठ लगायतले पुरस्कार वितरण गर्नु भएको थियो भने पुरस्कार वितरण कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, पत्रकार विभिन्न संघ सस्थाका प्रतनिधी लगायत को उपस्थिीती रहेको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।