ब,रामद गरेको सुन बाँडेर लिने इन्सपेक्टरसहित १६ प्रहरीलाई नि,लम्बन गर्न सिफारिस
काठमाडौँ । ब,रामद गरेको सुन बाँडेर खा,एको आ,रोपमा इन्सपेक्टरसहित १६ जना प्रहरीलाई नि,लम्बन गर्न अख्तियारले प्रहरी प्रधान कार्यालयलाई सिफारिस गरेको छ ।
ब,रामद सुन बाँ,डफाँड गरी खाएको आ,रोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरिक्षक खेमप्रसाद नेपालसहित १६ जना प्रहरीलाई नि,लम्बन अख्तियारले प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो ।
गत पुस ११ गते केरुङबाट नेपाल आउँदै गरेको ना ६ ख ४९३२ नम्बरको कन्टेनर चे,कजाँच गर्ने क्रममा चालक फुर्वा पासाङको साथबाट ४२२ ग्राम सुन लिएर प्रहरीले चालकलाई छा,डेको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
चालकबाट ब,रामद भएको सुन आवश्यक कानूनी प्रक्रियाका लागि सम्बन्धित निकायमा नबुझाइ इन्सपेक्टर नेपाललगायत चौकीमा कार्यरत प्रहरीहरुले आपसमा बाँ,डफाँड गरी खा,एको उ,जूरी अख्तियारमा परेको थियो ।
आयोगले उक्त घ,टनाको अनुसन्धान गरिरहेको र संलग्न व्यक्तिहरु पदमा बहाल रहिरहँदा अनुसन्धानमा बा,धा पुर्याउन सक्ने भन्दै उनीहरुलाई नि,लम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई पत्र लेखेको हो ।
अख्तियारले नि,लम्बन गर्न पठाएको प्रहरी अधिकारीहरुको सूचीमा प्रहरी निरीक्षक खेम प्रसाद नेपाल, नायब निरीक्षक भोज बहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा, गोपी बहादुर लो तामाङ रहेका छन् । यस्तै, प्रहरी जवानहरुमा शिव नारायण चौधरी, युवराज खरेल,भविलाल रुम्बा लामा, रामचन्द्र वि.क,रिता चौधरी,मनोज आले,छेक्यु डोल्मा मोक्तान,तारा बहादुर प्रजा,हरी बहादुर श्रेष्ठ छन् । कान्तिपुरबाट


