जापानी राजदुत साइगोद्वारा धनकुटा अस्पताललाई ‘अक्सीजन प्लान्ट’ ह,स्तान्तरण
धनकुटा खबर, १५ फागुन । जापान सरकारले धनकुटा अस्पतालका लागि अक्सिजन उत्पादन तथा वितरण प्रणाली उपलब्ध गराएको छ । जापानी राजदुत मासामिचि साइगोले धनकुटा अस्पतालमा आयोजित एक कार्यक्रममा आकस्मिक उपचार सेवाका लागि अत्यावश्यक ‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’ आज ह,स्तान्तरण गर्नुभएको हो ।
‘अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टम’बाट आ,कस्मिक कक्ष, स,ल्यक्रिया र अ,न्तरंग विभागमा सोझै अक्सिजन पुर्याउन सकिने धनकुटा अस्पतालका प्रमुख डाक्टर पुजन विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला अस्पतालमै अक्सिजन उत्पादन तथा वितरण प्रणाली ज,डान हुने भएपछि श,ल्यक्रिया र ज,टिल रोगका विरामिलाई तत्कालै धरान र बिराटनगरका अस्पताल पठाउनु पर्ने बा,ध्यताको अ,न्त्य हुने बताइएको छ ।
कार्यक्रममा बोल्दै जापानी राजदुत मासामिचि साइगोले अक्सिजन जनेरेसन एण्ड डिस्ट्रीब्यूसन सिस्टमले धनकुटा लगायत पहाडी जिल्लाका विरामीलाई उपचारमा स,हज हुने बताउँदै विरामीहरुले अन्यत्र जानु पर्ने बा,ध्यता ह,ट्ने विश्वास रहेको बताए ।


