धनकुटामा ९९ प्रतिशत वालवालिकाहरुलाई दादुरा-रुवेलाविरु,द्धको खो,प लगाईयो
धनकुटा खबर, फागुन २२ । धनकुटा जिल्ला भरिका ९ महिना देखि ५ बर्ष मुनिका झण्डै ९९ प्रतिशत वालवालिकाहरुलाई दादुरा रुवेला विरु,द्धको खो,प लगाईएको छ ।
जिल्लामा गत फागुन ११ देखी आज सम्म पहिलो र दोश्रो गरी दुई चरणमा सञ्चालित दादुरा रुवेला खो,प लगाउने ५ औ चरणको अभियान अन्र्तगत उल्लेखित संख्याका वालपालिकाहरुलाई खोप लगाईएको स्वास्थ्य कार्यलय धनकुटाका प्रमुख तुलसी प्रसाद गुरागाईले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानिय पालिकाहरुबाट स्वास्थ्य कार्यलय धनकुटामा प्राप्त भएको तथ्यांक अनुसार स्थानिय तहमा प्रायः कुनै पनि वालवालिका यो खोप लगाउन नछुटेको जनाईएको छ । केन्द्रवाट प्राप्त जिल्लाको १४ हजार ८ सय ४१ जना बालबालिकाको तथ्यांकलाई हेर्ने हो भने करिव ८६ प्रतिशतलाई यो खो,प लगाईएको उहाँले वताउनुभयो ।
धनकुटा जिल्लामा फागुन ११ देखी १५ सम्म धनकुटा नगरपालिका, महालक्ष्मी नगरपालिका, पाख्रिवास नगरपालिका र छथरजोरपाटी गाउँपालिकामा पहिलो चरण र फागुन १८ देखि २२ गते आज सम्म शहिदभूमि गाउँपालिका, साँगुरीगढी गाउँपालिका र चौबिसे गाउँपालिकामा यो अभियान सञ्चालन गरिएको हो ।
अभियानका लागि जिल्लाको ३ सय ६२ स्थानमा खो,प केन्द्र तोकेर ३ सय ६५ जना स्वास्थ्यकर्मी र ७ सय २२ स्वयम् सेवक परिचालन गरिएको थियो ।


