धनकुटामा दिनप्रतिदिन मुटुरोगीको संख्या बढ्दै – विशेष ध्यान दिन सुझाव
धनकुटा खबर । धनकुटा जिल्लामा दिनप्रतिदिन मुटुरोगीको संख्यामा बृद्धी हुदै गएको चिकित्सकहरुले वताएका छन् । विहिबार धनकुटामा आयोजित मुटु राेग सम्वन्धि अन्र्तक्रिया कार्यक्रम चिकित्सकहरुले त्यस्ताे वताएका हुन् ।
स्वास्थ्य परिक्षण गर्न आउने विरामीहरुमा मुटुको समस्या वढि देखिने गरेकाे उनिहरुले वताए । मानिसको सवै भन्दा महत्वपूर्ण अङ्ग मुटु भएकोले मुटुको स्वास्थ्यमा सवैले विशेष ध्यान दिन समेत उनिहरुले सुझाव दिए ।
नेपाल हृ,दयरोग निवारण प्रतिष्ठानद्धारा आयोजित अन्र्तक्रियामा वाेल्दै १ नं प्रदेशका सांसद लिला सुब्बाले मुटु स्वास्थ्य रहे मानिस स्वस्थ्य हुने भएकाले मुटुलाई स्वस्थ्य राख्न विशेष ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।

त्यस्तै नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष पूर्व गर्भनर दिपेन्द्र पुरुष ढकालले मानिसको मुटुलाई स्वस्थ्य राख्नका लागि हृ,दयरोग निवारण प्रतिष्ठानले जनचेतना मूलक अभियान सञ्चाल गरिहेको वताउदै अभियानलाई जनस्तर सम्म जैलाने वताउनु भयो ।
नेपाल ह्द,यरोग निवारण प्रतिष्ठान धनकुटाका अध्यक्ष राम कुमारी भण्डारीको अध्यक्षतमा सम्पन्न कार्यक्रममा मुटुरोग सर्जन तथा प्रतिष्ठानका केन्द्रिय महासचिव प्रध्यापक डा.प्रकाशराज रेग्मी र केन्द्रिय सदस्य मुटुरोग सर्जन डा.प्रमेराज बैद्यले मुटु र मुटु रोगको वारेमा जानकारी दिदै मुटुलाई स्वस्थ्य खानपान तथा व्यायममा विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य नेपाल हृदयरोग निवारण प्रतिष्ठान धनकुटका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले राख्नुभएकाे थियो भने कार्यक्रमको सञ्चालन सदस्य दिल कुमारी वालिगले गर्नु भएको थियो ।
कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनीधि ,धनकुटा अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र नेपाल हृ,दयरोग निवारण प्रतिष्ठान धनकुटाका सदस्य र मुटुरोगीहरुको उपस्थिति थियो ।


