लायन्स क्लव धनकुटाद्वारा चिकित्सकिय सामग्री ह,स्ता,न्तरण
धनकुटा खबर, ३ चैत्र । लायन्स क्लव धनकुटाले जिल्ला अस्पताल धनकुटामा संचालित नव-शिशु-स्याहार केन्द्रमा चिकित्सकिय सामग्री उपलब्ध गराएको छ ।
धनकुटा अस्पतालमा आज आयोजित कार्यक्रममा अस्पतालमा ज,न्मने शि,शुको उपचारमा प्रयोग हुने रेडियन्ट वार्मर तथा कमलपित्त रोगको उपचारका लागि आवश्यक थेरापी मेसिन उपलब्ध गराइएको हो ।
सामग्री हस्तान्तरण कार्यक्रमा जिल्ला समन्यय समिती धनकुटाका संयोजक टंक चुवान, धनकुटा नगरपालिकाकी उपप्रमुख शकुन्तला बस्नेत लगायतको उपस्थिती रहेको थियो ।



