धनकुटामा पोर्चुगलबाट फर्किएका एक जना आईसोलेसनमा

धनकुटा खबर, चैत १७ । धनकुटाका एक व्यक्तिलाई आईसोलेसनमा राखिएको छ । पोर्चुगलबाट १५ दिन अघि नेपाल फर्किएका धनकुटा नगरपालिका ८ का ती व्यक्तिलाई जिल्ला अस्पताल धनकुटामा आईसोलेसनमा राखिएको हो ।

१५ दिन अघि पोर्चुगलवाट फर्किनुभएका उनलाई रुघाखोकी र ज्वरोको लक्षण देखिएपछि आईसोलसनमा राखिएको र अहिले प्रारम्भिक उपचार भईरहेको जिल्ला अस्पताल धनकुटाले जनाएको छ । उनको थप स्वास्थ्य जाँचका लागि विपी केआई एचएस धरानमा रिपोर्ट पठाईएको अस्पतालले जनाएको छ ।

ती व्यक्तिको परिवारका अन्य सदस्यहरुको सवास्थ्यवस्थालाई समेत ध्यानदिईने जिल्ला प्रशासन कार्यलय धनकुटाका सूचना अधिकारी जयराम श्रेष्ठले जानकारी दिनुभयो । वैदेशिक रोजगारीको शिलशिलामा विदेशगई हालै मात्र नेपाल फर्किएका धनकुटाका ६१ जना होम क्वारेनटाइनमा वसेका छन् ।

यसअघि जिल्लाका ९३ जना होम क्वारेन्टाईनमा वसेको र हिजो आईतवार ३२ जना ले क्वारेनटाईनको १४ दिनको समयावधि पूरा गरि निस्किएपछि अव ६१ जना रहेको सूचना अधिकारी श्रेष्ठको भनाई छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।