धनकुटाको महालक्ष्मी नगरमा चिराईतो खेती अवलोकन, जडबुटीजन्य खेती अझ व्यापक गर्न आग्रह
धनकुटा खबर । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं १ को चित्रे र वडा नं ८ को नेता चौकका व्यावासायीक रुपमा चिराईतो खेती गर्ने किसानले लगाएको चिराईतो खेतीको आज अवोलकन, अनुगमन गरिएको छ । जडिबुटी खेती विस्तार कार्यक्रमका फोकल टिम धनकुटाले चिराईतो खेति पकेट क्षेत्रका किसानहरु संग छलफल एवम् अन्र्तक्रिया गर्दै चिराईतो खेतीको अवोलकन, अनुगमन गरेको हो ।
जडिबुटी प्रजातीको चिराईतो खेतीका लागि उर्भरभूमी मारेककटहरेको चित्रे र मूर्तीढूंगाको नेता चौक क्षेत्रमा यो खेतीको विकास र विस्तार गर्ने उद्देश्यले किसानहरुसँग छफल गरी चित्रका जानिकी माया पराजुली र मूर्तीढंगाना नेता चौकका प्रेम वहादुर खड्काले लगााउनु भएको चिराईतो खेतीको फोकल टिमले स्थलगत अवोलकन, निरिक्षण गरेको जनाईएको छ ।

जडबुटी खेतीबाट आत्मनिर्भर भै रोजगार स्वरोजगार बन्न सकिने हुँदा यस्तो खेती अझ व्यापकताका साथ गर्न कृषकहरुलाई आग्रह अनुगमन निरिक्षण टोलिले आग्रह गरेको छ । सो अवसरमा जडिबुटी खेती गर्ने कृषकहरुले राज्यले जडिबुटी खेतीलाई पहिलो प्राथमिक्ता दिई किसानलाई प्रोत्साहीत गर्नु पर्नेमा जोड दिएका थिए ।
डिभिजन ब्वन कार्यालय धनकुटाले जडिबुटी खेती गर्नेलाई अनुदान प्रदान गर्दै आईरहेकोले धनकुटामा यो खेती व्यावसायिक रुपमा हुदै आएको जनाईएको छ । यो बर्ष लाहा खेती र चिराईतो खेतीलाई अनुदादन दिनका लागि अनुगमन तथा निरिक्षतण गरिएको सहायक बन अधिकृत ललित यादवले वताउनु भएको छ ।

अनुगमन अवलोकन टोलिमा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी रार्इ अञ्चल आर्यूवेर्दीक औषाधलय धनकुटाका डा उमेश कुमार मेहेता, डिभिजन बन कार्यालय धनकुटका सहायक बन अधिकृतहरु बदी पौडेल, जगदिश रेग्मी, तलित यादव, पटक वहादुर थापा, जिल्ला समन्व समितिका लेखापाल देवेन्द्र पौडेल लगायतको सहभागिता थियो ।


