मौसमले साथ दिएसंगै धनकुटामा ६० प्रतिशत र तेह्रथुममा ७० प्रतिशत धान रोपाई सकियो

धनकुटा खबर । मौसमले साथ दिएसंगै धनकुटामा ६० प्रतिशत धान रोपाई सकिएको छ ।

लगातार बर्षा भएको कारण आकासे पानी भरमा रोपाई हुने खेतमा रोपाई भएसंगै धनकुटामा ६० प्रतिशत धान रोपाई भएको छ भने तेह्रथुम जिल्लामा भने करिब ७० प्रतिशत धान रोपाई भएको कृषि ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

चैते धान खेति हुने स्थानमा धान काट्ने समय भएको र रोपाई नभएकोले धनकुटा र तेह्रथुमको ८० देखि ८५ प्रतिशत खेतमा रोपाई हुने अनुमान गरीएको कृषि ज्ञान केन्द्र धनकुटाकी वागबानी विकास अधिकृत पूर्णमाया गुरुङ्गले जानकारी दिनु भयो ।

धनकुटामा असारे धान २३ हजार ९ सय ५७ हेक्टरमा खेति हुने गरेको छ भने तेह्रथुममा १४ हजार ४ सय ३२ हेक्टरमा खेति हुने गरेको अधिकृत गुरुङ्गले जानकारी दिनु भयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।