कोरोना कहरसँगै जनशक्ति गाऊँ पसेपछि धनकुटामा पनि बढ्यो रोपाई, बाँझिएका जमिनमा समेत धान रोपियो

धनकुटा खबर । यो वर्ष धनकुटा जिल्लामा धान रोपाँई वढ्न सक्ने अनुमान गरिएको छ । कोरोना महामारीका कारण वाह्य स्थानमा कामको शिलशिलामा वसोवास गर्दै आएका मानिसहरु समेत यसपालि खेतिपाती लगाउने समयमा घर मै फर्किएकोले यसअघि बाँझिएका केही जमिनमा पनि रोपाँई गरिएको आफुहरुलाई जानकारी आएको कृषी ज्ञान केन्द्र धनकुटाले जनाएको छ ।

तर एकिन तथ्यांक भने यहाँका स्थानिय तहका कृषी शाखाहरु मार्फत जानकारी लिईसकेपछि मात्र थाह हुने केन्द्रको वाग्वानी विकास अधिकृत पूर्णमाया गुरुङ्गले वताउनुभयो । यसैवीच यो वर्ष समय मै पर्याप्त वर्षात भएपछि गएका वर्षहरुको तुलनामा धनकुटा जिल्लामा धान रोपाई छिटो भएको छ । यो वर्ष आज सम्म जिल्लामा ७५ प्रतिशत धान रोपाई सकिएको छ । गत वर्ष यही समयमा धान रोपाई यो भन्दा केही कम भएको थियो ।

अव चैते धान उठाएर मंशीरमा पाक्ने धान लगाउने स्थानहरुमा रोपाई गर्न बाँकी रहेको केन्द्रले जनाएको छ । यसपालि जिल्लामा चैते धान पनि पहिलाको भन्दा वढी स्थानमा लगाईएको छ । केन्द्रका कृषी प्रसार अधिकृत मनोज यादवका अनुसार गत वर्ष १ हजार ३ सय ६५ हेक्टर क्षेत्रफलमा चैतेधान खेती गरिएकोमा यसपालि १ हजार ३ सय ८५ हेक्टरमा चैते धान लगाईएको थियो ।

उत्पादन राम्रो भएसँगै किसानहरुले चैते धान खेती वढी मात्रामा गर्न थालेको उहाँको भनाई छ । धनकुटा नगरपालिका ४ नं वडाको वेसी भेग,महालक्ष्मी नगरपालिकाको लेगुवा, साँगुरीगढी गाउँपालिकाको वेंसी भेगमा वढी मात्रामा चैते धान खेती गर्ने गरिएको प्रसार कृषी प्रसार अधिकृत यादवले वताउनुभयो । उता तेह्रथुम जिल्लामा भने आज सम्म ७८ प्रतिशत रोपाई सकिएको केन्द्रले जनाएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।