धनकुटामा नेपाल खुकुरी मार्सल आर्टको जिल्ला कार्यसमिति गठन
धनकुटा खबर । धनकुटामा बिहीबार १३ सदस्यीय नेपाल खुकुरी मार्सल आर्ट काे जिल्ला कार्यसमिति गठन गरिएको छ । यूवा खेलाडी मनोज राई संघको अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

नब गठित संघको उपाध्यक्षमा खेम थापा लामिछाने र शिव राई त्यस्तै गरि सचिवमा कला राई गरी जम्मा १३ सदस्य रहेको छ। यूवाहरूमा अनुशासन र स्वास्थको लागि खेल आवश्यक रहेको भन्दै यूवाहरूलाई राष्ट्रभावना समेत ओतप्रोत रहनका लागि यश संघले अभिप्रेरित गर्ने नवनिर्वाचित संघका अध्यक्ष मनोज राईले बताउनुभयो । सो अवसरमा यूवा नेता अर्जुन राई लगायतको उपस्थिति रहेको थियो ।


