धनकुटा र तेह्रथुममा यो बर्ष मकै उत्पादनमा बृद्धि हुने

धनकुटा खबर । धनकुटा र तेह्रथुममा यो बर्ष मकै उत्पादनमा बृद्धि हुने भएको छ । गत बर्ष भन्दा करिब १० देखि १५ प्रतिशतले मकै उत्पादन बढ्ने अनुमान कृषि ज्ञानकेन्द्र धनकुटाले गरेको छ ।

धनकुटा र तेह्रथूम जिल्ला मै यो बर्ष मकै खेतिका लागि अनुकुल वातावरण भएको रोग किराको प्रकोप कम भएकोले मकै उत्पादन बृद्धि हुने भएको हो ।

अघिल्लो बर्ष धनकुटामा १३ हजार ४ सय ६७ हेक्टरमा गरिएको खेति बाट ४० हजार ४ सय १ मेक्ट्रिकटन मकै उत्पादन भएको थियो भने तेह्रथूममा १२ हजार ८ सय ९७ हेक्टरमा गरीएको खेति बाट ३० हजार ३ सय ९५ मेक्ट्रिकटन मकै उत्पादन भएको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत टेकबहादुर कार्किले जानकारी दिनु भयो ।

धनकुटा र तेह्रथूममा देउती, मनकामना ३ र ४, गणेश १, रामपुर कम्पोजिट, तथा अरुण १ र २ लगायतका मकैको खेति हुने गरेको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।