कोरोना महामारीमा पनि धनकुटाको शहिदभूमीबाट ७२ मेट्रिकटन टमाटर निर्यात गर्न सफल

धनकुटा खबर । कोरोना महामारीको समयमा पनि धनकुटाको शहिदभूमि गाउँपालिका बाट यो सिजनमा ७२ मेट्रिकटन टमाटर वाह्य स्थानमा निर्यात गर्न सफल भएको छ । याँहा कृषकहरुले सामाजीक दुरी कायम गर्दै यस वर्ष गाउँपालिकामा ३ सय हेक्टरमा टमाटर खेती गरिएको गाउँपालिकाको कृषी प्राविधिक खिर प्रसाद राईले जानकारी दिएको छ ।

यही सिजनमा गाउँ पालिकाबाट ७२ मेट्रिकटन टमाटर वाह्य स्थानमा निर्यात भएको कृषी प्राविधिक खिर प्रसाद राईले बताए । गत वर्ष यो गाउँपालिका वाट २० करोड वरावरको टमाटर वाह्य जिल्लामा निर्यात भएको थियो । यो वर्ष पनि टमाटर खेती वाट उत्ति नै आम्दानी हुने अपेक्षा गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले बताउनुभयो ।

दिनमा गाउँपालिका बाट १० देखि १२ ट्रयाक्टर र सब्जि गाडिमा टमाटर निर्यात भइरहेको अध्यक्ष मनोज राइले बताउनु भयो। कोरोना बाट बच्न लगाइएको लकडाउन र निषेधज्ञा को समयमा केही असहजता आए पनि तरकारीजन्य वस्तुको निर्यातमा कुनै रोकतोक नभएका कारण किसानले सामाजिक दुरी कायम गर्दै आफुले उत्पादन गरेका कृषि उपज विक्रिवितरण गरीरहेको अध्यक्ष मनोज राइको भनाइ छ ।

सोहि गाँउपालिकाको किसान नगेन्द्र राईले टमाटर खेतीवाट यो सिजनमा ४ लाख वढी आम्दानी लिएका छन् । विगत ५ ,६ वर्ष अघि देखी व्यवसायीक रुपमा टमाटर खेती गदेै आएका राइले ८ हजार किलो टमाटर वेचेर ४ लाख वढी आर्थिक आम्दानी लिएको छ । उनले ५० रोपनी जग्गामा यो खेती लगाएको छ ।

किसान नगेन्द्रका अनुसार असार १५ बाट टिप्न शूरु गरेर कार्तिक महिना सम्म टमाटर टिप्पन सकिन्छ । उहाँले ४, देखि ५ दिनको अन्तरमा पाको एक हजार भन्दा बढि टमाटार उत्पादन गरिरहेको बताउनु भयो । उहाँले कार्तिक सम्म यो सिजनको टमाटर झण्डै २० मेट्रिकटन वेच्न सकिने बताउनु भयो ।

अहिले गाँउपालिका बाट केजिको ५० रुपैयाले व्यपारीले टमाटर लिइरहेको किसानहरुले बताउनु भयो । यहाँ उत्पादित कृषी जन्य सामाग्री धनकुटाको हिले,मुलघाट, गुठीटार लगायतका स्थान हुँदै अन्यत्र निर्यात गर्ने गरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖