धनकुटाको शहिदभूमि गाउँपाउलिकामा एवोकाडो खेतीको विस्तार गरिदै

भाद्र १२,धनकुटा ।एशियाकै रसिलो र गुलियो सुन्तला उत्पादन हुने धनकुटाको शहिदभूमि गाउँपाउलिकामा एवोकाडो खेतीको पनि विस्तार गरिदैछ ।

यो गाउँपालिकामा कस्ता कस्ता खालका फलफुल तथा तरकारीहरु व्यवसायीक रुपमा खेती गर्न सकिन्छ भन्ने वारे कृषी विज्ञहरुले गरेको अध्ययन र सुझाव सल्लाह अनुसार एवोकाडो खेती विस्तार गर्न थालिएको गाउँपालिका अध्यक्ष मनोज राईले वताउनुभयो । जसअनुसार गाउँपालिकाका विभिन्न वडाका किसानहरुलाई गएको वर्ष २ हजार ५ सय १३ वोट एवोकाडोको विरुवा वितरण गरिएको छ ।

गाउँपालिकाले वितरण गरेको विरुवा किसानहरुको १० हेक्टर जमिनमा लागाईएको गाउँपालिकाले जनाएको छ । यो भन्दा अघिल्लो आर्थिक वर्ष २०७५,७६ मा १० हेक्टर क्षेत्रफलमा लगाउने गरी ३ हजार ५ सय भन्द वढी विरुवा किसानहरुलाई प्रदान गरिएको गाउँपालिकाका कृषी शाखा प्राविधिक खिर प्रसाद राईले जानकारी दिनुभयो । यहाँ मोरिङ्गा खेति समेत विस्तार गर्ने योजना रहेको छ ।

यो गाउँपालिकामा उत्पादित फलफुल र तरकारी खरिद विक्रिका लागि व्यवस्थित वजार,मूल्य निर्धारण, संकलन केन्द्र निर्माण गर्ने लगायतका वारेमा प्रदेश १ का कृषी विज्ञहरु सँग छलफल एवम् अन्तरक्रिया भईरहेको गाउँपालिका अध्यक्ष राईले वताउनुभयो । गाउँपालिकाले वडा नं ६ थलथलेमा रहेको डेड सय रोपनी सार्वजनिक जग्गामा पनि ५ सय वोट एवोकाडोको विरुवा रोपेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।