धनकुटाको पाख्रीवासमा पशु स्वास्थ्य तथा आहार सम्वन्धि शिविर

धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ३ र ४ पशुपालक दुग्ध उत्पादक कृषकहरुका लागि आज पाख्रीवास कृषी अनुसन्धान केन्द्रको तालिम हलमा पशु स्वास्थ्य तथा आहार सम्वन्धि १ दिवसिय शिविर सञ्चालन गरिएको छ ।

पाख्रीवास कृषी अनुसन्धान केन्द्रको आयोजना तथा पाख्रीवास ३ र ४ नं वडा कार्यलयको आर्थिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । ४ नं वडाध्यक्ष शोवित निरौलाको प्रमुख आतिथ्य तथा पाख्रीवास कृषी अनुसन्धान केन्द्रका प्रमुख अम्मर पुन मगरको अध्यक्षतामा सञ्चालित शिविरमा ती दुवै वडाका २३ जना दुग्ध उत्पादक किसानहरुले सहभागिता जनाएका थिए ।

शिविरमा कृषकहरुलाई प्रमाण पत्र सहित दुध दिने पशुहरुका लागि आवश्यक पर्ने औषधि एवम् भिटामिनहरु उपलव्ध गराईएको ४ नं वडाध्यक्ष निरौलाले जानकारी दिनुभयो । शिविरमा वोल्दै उहाँले स्थानिय सरकारको तर्फबाट आउदा दिनहरुमा पनि आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भने कृषी अनुसन्धान केन्द्रको सेवा किसान सम्म पुर्याउन केन्द्र सधै प्रयासरत रहेको भन्दै थप सहयोग स्थानिय सरकारले गर्नुपर्ने केन्द्रका प्रमुख मगरले वताउनुभयो ।

३ नं वडा सदस्य मान वहादुर महत अतिथि रहनुभएको शिविरको सहजिकरण डा रितेश प्रसाद शाह, डा सुमन डागी, सञ्जय कुमार झा र सकुन्तला राईले गरेका थिए । सहयोग खेम पोमु र वल वहादुर दर्लामीले गरेका थिए । सञ्चालन वालि प्रजनन् वैज्ञानिक अमृत पौडेलले गर्नुभएको थियो । शिविर सामाजिक दूरी कायम गर्दै सञ्चालन गरिएको थियो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।