धनकुटाबाट ६२ हजार किलो चिया निर्यात
धनकुटा खबर । धनकुटाबाट आर्थिक बर्ष २०६७ ७७ मा ६२ हजार किलो तयारी चिया निर्यात भएको छ । स्थानिय किसानले उत्पादन गरेको र ठूला चिया कारखानाहरु नारायणी टि स्टेट र गुराँसे टि स्टेट बाट यो परिणमको चिया निर्यात भएको हो ।
जस अन्र्तगत नारायणी टि स्टेट २२ हजार किलो चिया निर्यात भएको छ भने गुराँसे टि स्टेट बाट ४० हजार किलो चिया निर्यात भएको चिया तथा कफि विकास कार्यलय हिलेले जानकारी दिएको छ ।
धनकुटामा ५ हजार ३६ किसान चिया खेतिमा संग्लन रहेका छन् भने करिब १० हजार ६७ रोपनीमा चिया खेति हुने गरेको चिया तथा कफि विकास कार्यलय हिलेले जानकारी दिएको छ ।


