धनकुटाको सहिदभुमि गाँउपालिकाको साढे ३ सय रोपनी जग्गामा रोपिएको एवोकाडो र आपको विरुवाको अनुगमन
धनकुटा खबर । सार्वजनिक जग्गाको सदुपयोग गर्दै वातवरण संरक्षण तथा दिगो रुपमा किसानको आयआर्जनका बाटो सृजना गर्ने लक्षका साथ धनकुटाको सहिदभुमि गाँउपालिकाको साढे ३ सय रोपनी जग्गामा रोपिएको एवोकाडो र आपको विरुवाको आज अनुगमन गरिएको छ ।

गाँउपालिकाले विश्व वातवरण दिवसको अवसर पारी गत असारमा युएनडिपी र पर्डेप नेपाल सँग समन्वय गरेरे रोपेको १ हजार एवोकाडो र आपको विरुवाको अनुगमन गरेको हो । किसानहरुले ती विरुवालाई मलजल तथा गोडमेल गर्ने कार्यलाई ध्यान दिएका छन् कि छैन भन्नेमा केन्द्रित रहेर अनुगमन गरिएको पर्डेप नेपाल धनकुटाका कार्यकारी निर्देशक मिन प्रसाद सुवेदीले जानकारी दिनुभयो।
अनुगमनको क्रममा ती विरुवाको गोडमेल एवम् संरक्षणमा त्यहाँका किसान उत्साहित भएर लागेको पाईएको उहाँले वताउनु भयो । सो गाउँपालिकाको वडा नं ६ थलथले बजार छेउमा रहेको खालि सार्ववनिक जग्गामा डेड सय रोपनीमा ५ सय वोट एवोकाडोको विरुवा रोपिएको छ भने वडा नं १ को गोपालपुर विडिटोलको सार्वजनिक जग्गामा २ सय रोपनिमा ५ सय वोट आँपको विरुवा रोपिको छ । ती विरुवा साढे ५ लाख बराबरमा खरिद गेरेर रोपिएको समेत सुवेदीले स्पष्ट पार्नुभयो ।
वृक्षरोपण क्षेत्र वरिपरि रहेको बस्तिका किसानहरु यति बेला खुसिभएका छन् । अहिले युएनडिपी र पर्डेप नेपालले विरुवा हेरचाह गर्ने जिम्मा गाउपाउपालिकालाई दिए पनि गाँउपालिकाले वरिपरि रहेको नजिकैका वस्तिलाई समूह गठन गरी विरुवा हुर्काउने बढाउने र आम्दानी गर्ने जिम्मा किसानलाइ दिएको गाँउपालिकाले जनाएको छ ।
गाँउपालिकाको तर्फ बाट भने किसानलाई प्राबिधिक तथा सिंचाईको अभाव रहेको ठाँउमा सिंचाइको सुविधा उपलब्ध गराउने सहिदभुमि गाँउपालिका उपाध्यक्ष रत्नेश्वरी राइले बताउनु भयो । त्यतिकै खेर गइरहेको जग्गाको सदुपयोग र भिरालो ठाँउमा पहिरो जाने जस्ता समस्या भएको स्थानमा पहिरो नियन्त्रणका लागि वृक्षारोपण कार्यक्रमले सहयोग पुग्ने उहाँको भनाई छ । फलफूल खेतिले गर्दा गाँउपालिकाको वातवरण संरक्षण हुनुका साथै हराभरा राख्न सहयोग पुग्ने भएकाले देश कै नमूना गाँउपालिकाको रुपमा विकास गर्ने योजना रहेको समेत उहाँ बताउनु भयो । गाँउपालिकाको अन्य खालि जग्गाहरुमा क्रमागत रुपमा वृक्षारोपण गर्दै जाने योजना छ ।
एबोकाडो खेतिलाई व्यवस्थित रुपमा हुर्काउन बढाउन वरिपरी रहेको वस्तिका ६० घर किसानको समूह मिलेर आवश्यता अनुसार मल, पानी लगाउने र गोडमेल काम पालै पालो गरेर गर्ने गरेको वडा नं ६ का पदम बहादुर भण्डारीले बताउनु भयो । त्यस्तै गरी एबोकाडो फल्न थाले पछि प्रशोधन गरि सो फलबाट विभिन्न चिजहरु बनाउने योजना समूहको रहेको भण्डारीले बताउनु भयो ।
एबोकाडो अबको ५ वर्ष भित्र फल्न शूरु हुने उहाँले बताउनु भयो । अहिले समूह मार्फत विरुवाको हेरचाह गर्ने र पछि आम्दानी फल दिन थाले पछि कार्यविधि, नियम बनाएर समूहका किसानका लागि काम गर्ने योजना रहेको उहाँको भनाई छ ।

कृषीलाई प्रमुख पेशाको रुपमा सम्हाल्दै आउनुभएका सो गाउँपालिका वडा नं १ गोपालपुरका ६५ वर्षका ज्ञान बहादुर राईले आफ्नो जीवन कषी पेशामै वितेको स्मरण गर्दै यसपालि भने पहिलो पटक संयूक्त राष्ट्र संघ, पर्डेप नेपाल धनकुटा र गाँउपालिकाले संयूक्त रुपमा आँपको विरुवा रोपीदिदा आफुलाई साह्रै खुशी लागेको बताउनु भयो । उहा अहिले रोपिदिएको आँपको विरुवा हेरचाहा गर्न लागि पर्नुभएको छ । गोपालपुर हावा पानीको हिसाबले न्यानो बेसीं ठाँउ हो । आप खेतिका लागि यो ठाउँलाई उपयूक्त मानिन्छ ।
यहॉंका किसानले व्यवसायिक रुपमा आप खेति नगरेपनि उनिहरुले प्रत्येक घरमा एक दुइ बोट आपको विरुवा रोपेकाछन् । तर उनिहरुले व्यवसायिक रुपमा आँप खेति नगरे पनि खालि रहेको सार्वजनिक जग्गामा किसानलाई व्यवसायिक रुपामा विकास गर्न ५ सय बोट आपको विरुवा रोपी दिईएको छ । यसबाट राम्रो आम्दानी हुनेमा उनिहरु ढुक्क छन् ।
गोपालपुरका ११ घरका कृषक समुह बनाएर आँप खेति जोगाउने हुर्काउनेमा लागि परिरहेको मनिक राइले बताउनु भयो । रोपेको आँपको विरुवाले ४ वर्ष देखि फल दिन थाल्ने उहाँले बताउनु भयो । एक बोट बराबर ४ सय देखि ५ सय केजि सम्म फल्ने उहाँको अपेक्षा छ । अनुगमनमा गाउँपालिकाको उपाध्यक्ष रत्नेश्वरी राई , पर्डेप नेपाल धनकुटाका सचिव नरेश श्रेष्ठ, कायकार्यकारी निर्देशक सुवेदी सहित स्थानिय किसानको सहभागीता थियो।


