धनकुटाको बुडिमोरङमा दशै, तिहार र छठ पर्वको अबसरमा फुटबल प्रतियोगिता !

धनकुटा खबर । सागुरीगढि गााँउपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा हिजो देखि दशै तिहार तथा छठ पर्वको अवसरमा खुल्ला नक आउट पुरुष तथा महिला फुटबल प्रतियोगिता सुरु भएको छ ।

प्रतियोगिता हिजो एक कार्यक्रमका बिच गाँउपालिका अधयक्ष कुमार जंग याख्खाको उपस्थितिमा उदघाटन गर्नुभएको वडा सदस्य इन्दिरा योञ्जनले बताउनु भयो ।

खेल उदघाटन कार्यक्रममा बोल्दै अधयक्ष कुमार जंग याख्खाले गाउपालिकामा खेल क्षेत्रको विकास तथा प्रवद्धनको कार्यक्रम रहेको जानकारी गराउनु भएको थियो । गााउपालिको खेल क्षेत्रमा रहेको कार्यक्रम तथा योजनाले खेल क्षेत्रमा यूवाहरुको सहभागिता तथा खेल क्षेत्रको भोतिक पुर्वाधार निर्माणमा सघाउ पुग्नुका साथै उहाँले खेल क्षेत्रको आकर्षण तथा वृद्धि विकास हुने बताउनु भयो ।

प्रतियोगिताको उदघाटन कार्यक्रममा उपाध्यक्ष विन्दा राई वडा अध्यक्ष हरु वाडा नं १ का तिलक बहादुर लिम्बु , वडा नं २ का दिल बहादुर इग्नाम ,कार्यपालिका सदस्य कमला लिम्बु, प्रवक्ता बालकृषण राई र वडा सदस्य इन्दिरा योञजन लगायत समाज सेवि बुद्धि जिवि शिक्षक हरुको उपस्थिति रहेको थियो ।

हिजो प्रतियोगिताको पहिलो दिन पाथिभरा कल्ब र पूर्व जयोति क्लब मोरङ बिच भएको खेलमा पूर्व जयोति क्लब मोरङले ० का विरुद्ध ३ गोल लगाउदै बिजयि भएकाछन् ।

त्यस्तै गरी दोस्रो खेलमा माङदावा फुटबल क्लब र तेम्माङ फुटबल क्लब बिच भएको खेलमा १का विरुद्ध ३ गोल लगाउदै तेम्माङ फुटबल क्लब बिजयि भएको आयोजकले जनाएको छ । पहिलो दिन दुइ खेल सम्पन्न भएको छ । प्रतियोगितामा पुरुष तर्फ २४ वटा टिम र महिला तर्फ ९ वटा टिमको सहभागिता रहेको खेल आयोजक समितिका सांयोजक सूर्य बहादुर लिम्बुले जानकारी दिनु भयको छ ।

प्रतियो गितामा बाहिर जिल्ला मोरङको एक टिम सहित जिला भित्रकै क्लब तथा समुहका खेलाडीहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । आज दोस्रो दिनको खेलमा १० वटा टिमको खेल सञ्चालन हुने छ ।

प्रतीयोगिताका प्रथम पुरस्कार पुरुष तर्फ प्रथम रु नगद ५० हजार मेडल तथा प्रमाण पत्र , द्धितिय रु नगद ३० हजार प्रमाण पत्र मेडल रहेकाछन् भने महिला तर्फ प्रथम पुरस्कार रु नगद १३ हजार ५ सय ५५, द्धितिय रु नगद ६ हजार ५ सय ५५ पुरस्कार प्रदान गरिन्ने आयोजकले जानाएको छ । संजीवनी यूवा क्लब सागुरीगढि गााउपालिका वडा नं १ आयोजनामा सञ्चालन भइरहेको प्रतीयोगित कार्तिक ५ गते सम्म सञ्चालन हुने छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।