धनकुटाको सागुरीगढीमा जारी फुटवलः आज ६ खेल भए, हेर्नुहोस् कुन-कुन टिम विजयी बने?
धनकुटा खबर । विभिन्न चाड पर्वको अवसरमा धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ सुलिकोटमा जारी खुल्ला नकआउट पुरुष तथा महिला फुटवल प्रतियोगिताको आज दोश्रो दिन पुरुष तर्फका ६ वटा खेलहरु भएका छन् ।
आजको पहिलो खेलमा माङदुवा फुटवल क्लव “ए” र डाँडा वजार फुटवल क्लव भीडेकोमा पेनाल्टिमा ३ को विरुद्ध ४ गोल लगाउदै माङदुवा विजयी भएको छ । त्यस्तै सोक्रोप्पा फुटवलक्लव र केवाईसि वल्ड वीचको दोश्रो खेलमा ० को विरुद्ध ३ गोल हान्दै सोक्रोप्पा विजयी वन्यो ।

त्यस्तै फाक्सिव “ए” र देउराली फुटवल क्लव धनकुटा वीच भएको तेश्रो खेलमा ० को विरुद्ध १ गोल लगाउदै फाक्सिव विजयी भएको छ । हात्तिटार स्पोर्ट क्लव र फाक्सिव फुटवल क्लव “वि” वीच भएको खेलमा २ को विरुद्ध ३ गोल गर्दै हात्तिटारले जीत निकालेको छ ।
त्यस्तै खुवाफोक रातो र तुम्वारी वीच भएको पाँचौ खेलमा पेनाल्टिमा ४ को विरुद्ध ५ गोल लगाउदै खुवाफोक रातो विजयी वन्यो भने आजको अन्तिम छैटौ खेलमा खुवाफोक फुटवल क्लव निलो र केएफसि वीच ० को विरुद्ध १ गोल लगाएर केएफसि विजयी भएको वडा सदस्य ईन्दिरा योञ्जनले जानकारी दिनुभयो । भोलिदेखी महिला तर्फको खेल समेत शूरु हुने उहाँले वताउनु भयो ।


