धनकुटाको सागुरीगढीमा फुटबल जारी – हेर्नुहोस् कुन-कुन टीम फाईनलमा पुगे ?

धनकुटा खबर । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ सुलिकोटमा विभिन्न चाड पर्वको अवसरमा जारी खुल्ला नकआउट पुरुष तथा महिला फुटवल प्रतियोगिताको पुरुष तर्फ सञ्जिवनी “वि”,माङदावा, मादेन र केएफसी फुटवल क्लव फाईनलमा प्रवेश गरेकाछन् ।

प्रतियोगिता अन्र्तगत पुरुष तर्फ आज सञ्जिवनी “वि” र टि फुटबल क्लब वीच भएको पहिलो खेलमा ० को विरुद्ध १ गोलले टि फुटवल क्लवलाई हराउदै संजिवनि “वि” ले फाईनलको यात्रा तय गरेको हो भने माङदावा फुटबल क्लब र फाक्सिब फुटबल क्लब “ए” वीच भएको दोश्रो खेलमा पेनाल्टी मार्फत ४- ५ गोल अन्तरले हराउदै माङदवा फाईनलमा प्रवेश गरेको हो ।

त्यस्तै गछ्या फुटबल क्लब र मादेन फुटबल क्लब वीचको खेलमा ४ -५ गोल कै अन्तरले गछ्यालाई हराउदै मादेन फुटवल क्लव फाईनलमा पुगेको हो । भने केएफसी फुटबल क्लव र सोक्रोप्पा फुटबल क्लब वीच भएको चौथो खेलमा ०-१ गोल अन्तरले सोक्रोप्पालाई पछि पार्दै केएफसि फाईनलमा पुगेको हो ।

त्यस्तै महिला तर्फ सञ्जिवनी फुटबल “ए” र डाडा बजार फुटबल क्लब वीचको खेलमा ० का विरुद्ध १ गोल लगाउदै डाडा बजार विजयी भएको वडा सदस्य ईन्दिरा योञ्जनले जानकारी दिनुभयो ।, प्रतियोगिताको फाईनल खेल भोलि हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖