सकियो सागुरीगढी धनकुटाको फुटबल प्रतियोगिता – हेर्नुहोस् पुरुष र महिला तर्फ कुन-कुन टीमले ऊचाले उपाधी
धनकुटा खबर । विभिन्न चाडपर्वको अवसरमा सागुरीगढी गाउपालिका वडा नं १ बुडिमोरङ सुलिकोटमा भएको खुल्ला नक आउट पुरुष तथा महिला फुटबल प्रतियोगिता अन्र्तगत महिला तर्फको उपाधि डाडाँ बजार फुटवल क्लवले उचालेको छ ।
आज भएका फाईनल खेलमा सञ्जिवनी फुटवल क्लव सँग भिडेको उस्ले पेनाल्टिको समयलाई सदुपयोग गर्दै ६–७ गोल अन्तरले उपाधि उचाल्न सफल भएको हो । त्यस्तै पुरुष तर्फको जित सञ्जिवनी फुटवल क्लव “ए” ले हात पारेको छ ।

माङ्दावा फुटवल क्लव सँग फाईनल भिडेको उस्ले पनि ६ को विरुद्ध ७ गोल लगाउदै प्रतियोगिताको जित हात पारेको हो । जित सँगै महिला तर्फ डाडाँ बजार फुटवल क्लवले नगद १३ हजार ५ सय ५५ रुपयाँ सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएको छ भने र द्धितिय स्थानमा चित्त वुझाएको सञ्जिवनीले नगद रु ६ हजार ५ सय ५५ रुपयाँ सहित मेडल र प्रमाण पत्र पुरस्कार पाएको आयोजकले जानाएको छ ।
त्यस्तै पुरुष तर्फको विजयी प्रथम टिम सञ्जिवनी फुटवल क्लव “ए” ले नगद रु ५० हजार सहित मेडल र प्रमाण पत्र पुरस्कार प्राप्त गरेको छ भने दोश्रो स्थानमा चित्त वुझाएको माङ्दावाले नगद रु ३० हजार सहित प्रमाण पत्र र मेडल पुरस्कार पाएको वडा सदस्य ईन्दिरा योञ्जनले जानकारी दिनुभयो ।

प्रतियोगिताका विजयी समूहहरुलाई प्रतियोगिता समापन कार्यक्रममा प्रदेश १ का प्रदेश सभा सदस्य निरेन राई,वडाध्यक्ष तिलक वहादुर लिम्वु,दुई नं वडाध्यक्ष दल वहादुर ईङनाम लगायतले पुरस्कार वितरण गरेका थिए ।


