मंसिरे धान भित्राउने चटारोमा धनकुटाका किसान !
धनकुटा खबर । दशैं सकिए लगतै धनकुटाका किसान मंसिरे धान भित्राउने चटारोमा लागेका छन् । मलमासको कारण यो बर्ष दशैं पछाडी परेकोले पनि किसान दशैं लगतै मंसिरे धान भित्राउन तिर लागेका हुन् ।

तिहार आउन करिब हप्ता दिन मात्र बाँकी रहे पनि किसानहरु खेतमा व्यास्त भएका हुन्न् । धनकुटाको छथरजोरपाटीका कृषक पर्शूराम लिम्बुले भने कोरोना संक्रमणको कारण यो बर्ष दशैं खासै रमाइलो भएन आफन्तकोमा टिका तथा भेट घाटमा नगएकोले मंसिरे धान भित्राउने चटारोमा लागियो ।
धनकुटामा अगुवा धान भित्राउने चटारोमा लागेका किसानले मंसिर सम्ममा धान भित्राइ सक्ने गर्दछन् ।


