धनकुटामा धान उत्पादनको क्षेत्रफल बृद्धि
धनकुटा खबर,२४ कार्तिक । धनकुटा अघिल्लो बर्षको तुलनामा मंसिरे धान उत्पादनको क्षेत्रफल बढेको छ ।

धान रोपाई हुने समयमा बर्षा भएको र कोरोना भाइसरको कारण अन्य व्यावसाय गरेर बसेकाहरु समेत धान खेति गर्न तर्फ लागेकोले गर्दा अघिल्लो बर्षको तुलनामा धान उत्पादनको क्षेत्रफल र उत्पादकत्व वृद्धि भएको कृषि ज्ञानकेन्द्र धनकुटाले जनाएको छ ।
अघिल्लो वर्ष धनकुटामा मंसिरे धान ५ हजार ९ सय ६२ हेक्टरमा खेति गरिएको थियो त्यस बाट १८ हजार ६ सय ३ मेट्रिटन धान उत्पादन भएको र यो बर्ष ७ हजार १ सय ५५ हेक्टरमा गरिएको खेति बाट २३ हजार ४ सय ३९ मेट्रिटन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र धनकुटाका अधिकृत छैठौ बिशाल राईले जानकारी दिनु भयो ।


