धनकुटाको महालक्ष्मी नगरपालिका वडा न. २ का यूवा किवि खेतिको ब्यबसायिक खेतीमा

धनकुटा खबर । धनकुटाकाको महालक्ष्मी नगरपालिका वडा न. २ का यूवा किवि खेतिको ब्यशायीक उत्पादनमा जुटेका छन् ।

कम प्रतिफलदिने परम्परागत खेतिप्रणालीमा परिमार्जन गरि प्रविधियुक्त र ब्यबशायीक उत्पादन लाई जोड दिदै लागि परेका युवालाई प्रदेश सरकारले विशेष कार्यक्रमल्याउनु पर्ने उनीहरुको माग छ ।

बैदेशिक रोजगारीको लामो अनुभव बटुलेका रामकाजी रोगु र दशकौंसम्मको पेशा र ब्यबशायीक सीप हस्तान्तरणको अभियानचलाइ सकेका दुर्गामणीपौडेलले संयुक्त रुपमा महालक्ष्मी २तोरीबारीमाकिवि खेतिको ब्यबशायीकसुरुवात गरेका हुन् ।

साझेदारीमा संचालितधनकुटाएग्रो कम्पनीमार्फत युवाउद्यमि रोगु र पौडेलले एकसय रोपनीभन्दा बढि जमिनमा मोन्टी र एलिसन जातका एकहजार बढि किविका बिरुवा हुर्काएका छन् ।जमिन, विरुवा, प्रविधि र किवि खेतिका लागि अन्य सहयोगी पूर्वाधार तयारीका लागि उनिहरुले यो ठाउँमा एक करोड रुपैयाँ भन्दा बढि रकम खर्च गरिसकेको धनकुटाएग्रो कम्पनीका अध्यक्ष दुर्गामणी पौडेलले बताउनु भयो ।

एक सय रोपनीबाट सुरु गरिएको खेतिकेहि बर्ष भीत्रै बिस्तार गरि ७ सय रोपनी क्षेत्रफल पु¥याउने लक्ष्य रहेको पौडेलले जानकारी दिनुभयो ।अहिलेफार्ममा खेति र पूर्वाधार निर्माणमा दैनिक २५ जनाले रोजगारी पाएका समेत उहाले जानकारी दिनुभयो ।समुन्द्री सतहबाटझण्डै एकहजार ९ सय मिटरको उचाइमा रहेको यो स्थानअसिना र तुषारो प्रभावित क्षेत्र मानिन्छ ।

असिनाको प्रकोप बाट विरुवा र फललाई बचाउन नेट जाली सहितको टेडर्स आवश्यकपर्ने तर यो प्रविधिमहंगो पर्ने हुदा सबै किसानको पहुचमानरहेको धनकुटाएग्रो कम्पनीका सञ्चालक रामकाजी रोगुले जानकारी दिनुभयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।