तरकारी खेतिमा नयाँ कृषि प्रविधि प्रयोग सम्बन्धी तालिम
धनकुटा खबर । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना समृद्धि कोशी सगरमाथा करीडोर कार्यलय धरानको आयोजनामा धनकुटा नगरपालिकाको बेलाहारामा भएको तरकारी खेतिमा नयाँ कृषि प्रविधी प्रयोग सम्बन्धी ५ दिने स्थानिय श्रोत व्यक्ति विकास तालिम सम्पन्न भएको छ ।
धनकुटा सहित प्रदेश न १ का तेह्रथूम, भोजपुर मोरग,सुनसरी,उदयपुर,खोटाग, ओखलढुगा विभिन्न कृषक समुह सहकारी मा आवध किसानहरुको सहभागिता रहेको करिडोर प्रमुख लोकेन्द्र रावलले जानकारी दिनु भयो ।
कार्यक्रमा सहभागिहरुले तालिम प्रभावकारी रहेको बताउँदै आगामी दिनमा समेत यस्ता कार्यक्रम किसानका लागि आउनु पर्ने धारण राख्नु भएको थियो ।


