धनकुटामा समेत अलैंचीको मूल्यमा सुधार
धनकुटा खबर । केही हप्ताअघि सम्म धनकुटामा २० हजार प्रतिमन मूल्य रहेको अलैंची भारतीय नाका खुल्ला हुने र भारतीय व्यापारीहरु अलैंची खरीदका लागि नेपाल आउन थाले संगै सँगै २५ हजार रुपैयाँ प्रतिमनमा कारोबार हुन थालेको छ ।
अलैंची उत्पादन हुने मुख्य सिजनमा प्रतिमन २० हजार रुपैयाँमा कारोबार भएको अलैंचीको मूल्य एक हप्तादेखि २५ हजार रुपैयाँ प्रतिमनमा धनकुटामा कारोबार हुन थालेको अलैंची व्यावसायी संघ धनकुटाका अध्यक्ष इन्द्र तितुङ्गले जानकारी दिनु भयो । ।
धनकुटाको करिब २ सय ४० हेक्टर क्षेत्रफलमा अलैंची खेती हुने गरेको छ । सरकारले अलैंचीको बजार भारतबाहेक तेस्रो मुलुकमा पनि विकल्प खोज्नु पर्ने र त्यसो भएका नेपाली किसानले अलैंचीको भाउ राम्रो पाउने तितुङ्गले बताउनु भयो ।


