पाख्रीबास नगरमै पहिलो पल्ट हुने महिला तथा पुरुष दौड प्रतियोगिताको तयारी पुरा

पाख्रीबास,धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिकामै पहिलो पल्ट भोली हुने महिला तथा पुरुषहरुको लागि पाख्रीबास युथ युनाइटेडले आयोजना गरेको ६ किलोमिटरको दौड प्रतियोगिताको लागि तयारी पुरा भएको छ ।

भोलि बिहान ८ बजेबाट सुरु हुने उक्त प्रतियोगितामा महिला र पुरुष तर्फ बेग्ला बेग्लै प्रथम,दोस्रो र तेस्रो हुनेहरुलाई नगद,मेडल तथा प्रमाणपत्र प्रदान गरिने पाख्रीबास युथ युनाइटेडका गणेश गुरुङ्गले बताउनु भयो ।

प्रतियोगिताको लागि बाटो पाख्रीबास बजार स्थित गुम्बाबाट सुरु भइ मुगाखोला जाने र त्यहॉंबाट तल्लो बाटो कृषि अनुसन्धान केन्द्र हुंदै पु:न बजारको मुख्य चोकमा आएर सकिने छ ।

प्रतियोगिताको समयमा हुने अचानक हुने कुनै दु’र्घटनालाई ध्यानमा राख्दै प्रतियोगीहरु संगै स्वास्थ्यकर्मी पनि रहने जनाइएको छ । प्रतियोगितामा सहभागिता जनाउन पूर्व नाम दर्ता नगरिएको र कार्यक्रम सुरु हुने समयमा नै प्रतियोगिहरुको नाम,संख्या थाहा हुने गुरुंगले बताउनु भयो ।

यो पनि पढ्नुहोस्…

बहुद्देश्यीय सहकारी संस्था पुरस्कृत

काठमाडौँ, २३ माघ (रासस) ः यस वर्षको कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार नेपाल बहुद्देश्यीय सहकारी संस्था लिमिटेडलाई रु ५० हजार राशि नगदसहित प्रदान गरिएको छ । एकीकृत नमूना कृषि फार्म तथा अन्य सेवाका माध्यमबाट किसानसम्म पुगेर उनीहरुको क्षमता विकास र आयस्रोत वृद्धिका लागि निरन्तररुपमा कटिबद्ध रही कृषि क्षेत्रको उत्थानमा पु¥याएको योगदानस्वरुप सो पुरस्कार प्रदान गरिएको हो ।

सहकारीमा संस्थापक अध्यक्ष रही स्व दीक्षितले सर्वसाधारण नागरिकलाई सर्वसुलभ सेवा उपलब्ध गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेकाले उहाँको योगदानस्वरुप पुरस्कार स्थापना गरिएको हो । विसं २०७५ देखि ग्रामीण अर्थतन्त्रको विकासमा सहयोग गर्ने विभिन्न संस्थालाई पुरस्कार प्रदान गरिँदै आएको छ । साझा सेवाको ३६औँ साधारणसभाका अवसरमा शुक्रबार यहाँ आयोजित समारोहमा सो पुरस्कार सहकारी विभागका रजिष्ट्रार डा टोकराज पाण्डेले पुरस्कृत संस्थाका अध्यक्ष रामचन्द्र उप्रेतीलाई वितरण गर्दै साझा सेवा सहकारीले सञ्चालन गरेको सेवाबाट सर्वसाधारण लाभान्वित भएकामा खुशी व्यक्त गर्नुभयो ।

रजिष्ट्रार पाण्डेले समाजमा छरिएका स–साना पूँजी सञ्चय गरी सहकारीले सामुदायिक विकासमा सहयोग गर्नसक्ने बताउँदै यस्ता पुरस्कारले सहकारीको उत्थान र विकासमा थप सहयोग र टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । पुरस्कार वितरण समारोहमा साझा सेवाका अध्यक्ष नेत्रबहादुर भण्डारीबाट साझा सेवाले आफ्नो व्यावसायिक सेवा सर्वसाधारणमा पु¥याउँदै सहकारीका माध्यमबाट विशिष्ट सेवा पु¥याउने सहकारी संस्थालाई नगद पुरस्कारसहित सम्मान गर्न पाएकामा खुशी व्यक्त गर्नुभयो ।

राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मीनराज कँडेल, साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित, साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेललगायतले बहुआयामिक व्यक्तित्वका रुपमा स्थापित स्व दीक्षितले साझा सेवा तथा सहकारीका क्षेत्रमा पु¥याउनुभएको योगदानको स्मरण गर्दै सहकारीका माध्यमबाट आम नागरिकलाई छिटो छरितो र गुणस्तरीय सेवा उपलब्ध गराउन सकिने बताउनुभयो । विसं २०२६ देखि निरन्तररुपमा सर्वसाधारणलाई सर्वसुलभ र विश्वसनीय सेवा पु¥याउँदै आएको उक्त सांस्थाले अनुदानित मल, ग्यास, सिमेन्ट तथा इन्धनको बिक्री वितरण तथा ढुवानीमा समेत सेवा केन्द्रित गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।