पाख्रीबास नगरपालिकामा महिला तथा पुरुष दौड प्रतियोगिता सम्पन्न

पाख्रीबास,धनकुटा । पाख्रीबास युथ युनाइटेडले आयोजना गरेको ६ किमीको महिला तथा पुरुष दौड प्रतियोगिता सम्पन्न भएको छ ।

पाख्रीबास गुम्बाबाट सुरु भएको दौड मुगा खोला हुंदै तल्लोबाटो कृषि केन्द्र भएर बजारको चोकमा प्रतियोगिता सम्पन्न भएको थियो । पाख्रीबास नगरमै पहिलो पल्ट आयोजना गरिएको प्रतियोगितामा ८६ जना महिला र पुरुषहरुले सहभागिता जनाएको थियो ।

प्रतियोगितामा पुरुष तर्फ ३० मिनेट २० सेकेण्डमा दौड पुरा गर्दै रेवत पौडेल प्रथम, देवेन्द्र भट्टराई(३१.१४) र अमित सिंह (३२ मिनेट) क्रमश: दोस्रो र तेस्रो भएका छन् । त्यसैगरि महिला तर्फ ४४ मिनेट ४ सेकेण्डमा दौड पुरा गर्दै रमिला कार्की प्रथम भएकी छन् भने रेनुका कटुवाल(४४.५५),दिपा भुजेल(५०.२०) मा पुरा गरि क्रमश: दोस्रो र तेस्रो भएका छन् ।

विजयी प्रतियोगिहरुलाई प्रथम,दोस्रो र तेस्रो क्रमश: नगद रु ३०००,२००० र १००० सहित प्रमाण पत्र र मेडल सहित नगरपालिका वडा ४ का वडा अध्यक्ष सोवित निरौला र समाजसेवि आर एस राईले हातबाट प्रदान गरिएको थियो ।

सोही अवसरमा विगत करिव ५ वर्षदेखी पाख्रीवास वजार क्षेत्रको सडकमा वस्दै आएका एक व्यक्तिलाई पाख्रीवास युथ युनाईटेडको तर्फबाट झण्डै ५ हजार वरावरको सहयोग सामाग्री प्रदान गरिएको अध्यक्ष गुरुङ्ले वताउनुभयो । ती व्यक्तिलाई ओढ्ने ओछ्याउने लगायतका सामान प्रदान गरिएको हो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।