पशुपतिनाथ मन्दिरमा सुनको जलहरी राखेको खुशियालीमा दीप प्रज्ज्वलन

काठमाडौँ । पशुपतिनाथ मन्दिरमा सुनको जलहरी फेरिएको खुशियालीमा योगी नरहरिनाथ ट्रष्ट आध्यात्मिक परिषद्ले आज पशुपतिनाथ मूल मन्दिर परिसरमा दीपावली गरेको छ । पहिले तामाको जलहरी राखिएकामा राजा गीर्वाणयुद्ध विक्रम शाहको पालामा चाँदीको फेरिएको थियो ।

चाँदीको जलहरी पनि जीर्ण भएपछि गत फागुन १२ गते बुधबार पशुपति क्षेत्र विकास कोषले १०८ सुनको व्यवस्था गरेर स्वर्ण जलहरी राखेको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वर्ण जलहरी राख्नुअघि पशुपतिनाथमा प्राण प्रतिष्ठासहित पूजा गर्नुभएको थियो । यसका लागि रु ८० करोड खर्च लागेको कोषले जनाएको छ ।

सुनको जलहरी राख्न सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत रु ३० करोड खर्च गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १२ गते पशुपतिनाथ मन्दिरमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गर्दै सुनको जलहरी राख्न सरकारका तर्फबाट सहयोग गर्ने घोषणा गर्नुभएको थियो ।

जीर्ण चाँदीको जलहरीमाथि सुनको जलहरी राखिएको खुशियालीमा दीपावली गरिएको परिषद्का उपाध्यक्ष सुदर्शन भट्टराईले राससलाई जानकारी दिनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।