मेकअप स्टुडियो सञ्चालनमा

काठमाडौँ ,काठमाडौँको माहाबौद्धमा टुलिपयुनिसेक्स सलोन एन्ड हेयर ब्युटी मेकअप स्टुडियो सञ्चालन गरिएको छ । उक्त स्टुडियोको वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठ, वरिष्ठ सौन्दर्यकर्मी सीता न्यौपाने, गायिका देविका बन्दना र मिसेज ब्युटीक्विन नेपालका विजेताहरूले संयुक्त रूपमा उद्घाटन गर्नुभयो ।

एक दशकदेखि विभिन्न व्यवसाय गर्दै आउनुभएका रसुमिला श्रेष्ठ, कल्पना राजभण्डारी तथा सरोजा मानन्धरको संयुक्त लगानीमा आकार कम्प्लेक्समा सुविधा सम्पन्न सो स्टुडियो सञ्चालनमा ल्याइएको हो । कार्यक्रममा वरिष्ठ कलाकार श्रेष्ठले महिलाहरूलाई व्यावसायिक क्षेत्रमा स्वावलम्बन बन्न र मिहिनेतका साथै कलाक्षमता प्रदर्शनसँगै आर्थिक रूपमा राम्रो आम्दानी गर्नेतर्फ अघि बढ्न आग्रह गर्नुभयो ।

वरिष्ठ सौन्दर्यकर्मी न्यौपानेले यस क्षेत्रमा स्वरोजगार बन्ने ठूलो अवसर प्राप्त भएकाले यसलाई उपलब्धि मान्न सकिन्छ भन्नुभयो । स्टुडियोमा अनुभवी ब्युटिसियनहरूद्वारा कपाल काट्ने, स्टाइलिङ गर्ने, फेसियल, मेनीकियर, पेडीकियर, मेहेन्दीलगायत विवाहका लागि महिला तथा पुरुषलाई आवश्यक पर्ने सम्पूर्ण शृङ्गारको सेवा दिइने छ । एक महिनासम्म सेवामा ३० प्रतिशत छुट गरिएको सञ्चालक श्रेष्ठले जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।