सरकार गठनका लागि प्रचण्डसामु देउवाको सर्त

काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेट भएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने नैतिक दबाबमा रहेका दाहालले सत्ता समीकरणका लागि छलफल गर्न देउवासँग भेटेका हुन् ।

देउवासँगको भेटमा दाहालले पुरानै प्रस्ताव दोहोर्याएका थिए । उनले ओलीको विकल्पमा देउवाको नेतृत्वमा सरकार गठनको प्रस्ताव राखेको देउवानिकट एक नेताले बताए ।

ती नेताका अनुसार दाहालले देउवालाई सरकार गठनका लागि पहलकदमी लिन पनि आग्रह गरेका थिए । ‘तपाईं प्रधानमन्त्री बन्नुस् । यसका लागि पहलकदमी लिनुस्,’ दाहालको भनाइ उद्धृत गर्दै काँग्रेस नेताले भने, ‘ओली सरकारको निरन्तरता लोकतन्त्र र संविधानका लागि खतरापूर्ण छ । अब काँग्रेस, जसपा र माओवादी केन्द्र मिलेर अघि बढ्नुपर्छ ।’

काँग्रेसमा पनि देउवाले सरकारले नेतृत्व गर्नुपर्छ भन्नेमा एकमत छ । देउवा भने अझै तयार देखिँदैनन् । उनले दाहाललाई अझै परिस्थिति परिपक्व नबनिसकेको जवाफ दिए । देउवाले दाहाललाई सरकारलाई दिएको समर्थन फिर्ता लिन आग्रह गरे । बहुमतको सरकारविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्नु अपरिपक्व कदम हुने देउवाको बुझाइ छ ।
आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।