भू,कम्पपछि १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माण

खोटाङ,महाभू,कम्पपछि खोटाङमा १०६ वटा सामुदायिक विद्यालय भवन पुनः निर्माणको काम सम्पन्न गरिएको छ । विसं २०७२ सालको भूकम्प र पराकम्पपछि क्षति पुगेका १६१ वटा सामुदायिक विद्यालय भवनमध्ये विभिन्न आर्थिक वर्षमा अ,पाङ्गमैत्री र महिलामैत्री विद्यालय भवनहरु निर्माण सम्पन्न गरिएको हो ।

भूकम्पपछि अस्थायीरूपमा स्थापना भएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) शाखाले ९२ वटा र गैरसरकारी संस्थाले १४ वटा गरी हालसम्म कुल १०६ वटा भवन निर्माण सम्पन्न भएको एकाइ प्रमुख बाबुराम पोखरेलले बताउनुभयो । गैरसरकारी संस्थाले ऐँसेलुखर्क गाउँपालिका र केपिलासगढी गाउँपालिकामा १४ वटा भवन निर्माण गरेको जनाइएको छ ।

गैससले अब दुईवटा भवन निर्माण गर्न बाँकी छ । राष्ट्रिय पुनःनिर्माणको डिजाइन र ड्रइङअनुसार निर्माण भइसकेका भवनहरूमा दुई कोठे ४६ वटा, तीन कोठे १६ वटा र चार कोठे ३० वटा विद्यालय भवन निर्माण भएका छन् । जिल्ला कार्यान्वयन एकाइले ६४ वटा भवन निर्माण सम्पन्न गर्न बाँकी छ ।

निर्माण सम्पन्न गर्न बाँकी भवनहरुको काम आगामी असार मसान्तभित्र सम्पन्न हुने एकाइ प्रमुख पोखरेलले जानकारी दिनुभएको छ । आगामी असारपछि जिल्लाबाट कार्यालय नै उठ्ने तयारी भइरहेको जनाइएको छ ।

एकाइले चारकोठे भवन निर्माणका लागि रु ७० लाख ४० हजार, तीनकोठे भवनका लागि रु ३५ लाख ८० हजार, दुई कोठे भवन निर्माणका लागि रु २३ लाख ९० हजार बजेट विद्यालय व्यवस्थापन समितिलाई उपलब्ध गराएको छ । पुनःनिर्माणतर्फ नै एकाइले ३२ वटा विद्यालयमा अपाङ्गमैत्री र महिलामैत्री शौचालय पनि निर्माण गरेको छ । रु १५ लाख लागतमा निर्माण भएका सबै विद्यालयका शौचालयमा किशोरीहरुले स्यानिटरी प्याड डिस्पोज गर्न तथा लगाउन÷फेर्न सक्ने व्यवस्था मिलाइएको छ ।

यस्तै १५ वटा विद्यालयमा खानेपानी आयोजना सम्पन्न भएको छ । प्रत्येक विद्यालयमा रु सात लाख ४० हजार लागतमा खानेपानी योजना सञ्चालन गरिएको जनाइएको छ । भूकम्प गएको चार वर्ष बित्दा खोटाङमा निजी आवास पुनःनिर्माणको काम ८१ प्रतिशत मात्र पूरा भएको छ ।

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आठ हजार ४६२ र प्रबलीकरणतर्फका ३६१ परिवार गरी कुल आठ हजार ८२३ लाभग्राही रहेका छन् । कुल लाभग्राहीमध्ये हालसम्म ९८ प्रतिशतले पहिलो किस्ता बापत रु ५० हजार, ८० प्रतिशत लाभग्राहीले दोस्रो किस्ता बापत रु एक लाख ५० हजार र ६५ प्रतिशत लाभग्राहीले तेस्रो किस्ता बापत रु एक लाख बुझेका छन् ।

उद्योग वाणिज्य सङ्घ खोटाङको भवन निर्माण शुरु

उद्योग वाणिज्य सङ्घ खोटाङको सचिवालय भवन निर्माण गरिने भएको छ । वाणिज्य सङ्घले खरिद गरेको दिक्तेल बजारस्थित जिल्ला अदालतको कार्यालय नजिकैको दुई रोपनी जग्गामा रु तीन करोड ५० लाख लागतमा साढे तीनतले सचिवालय भवन निर्माण गरिने भएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको वार्षिक नीति तथा कार्यक्रममा भवन निर्माणका लागि बजेट समेटिएपछि भवन बनाउन शुरु भएको वाणिज्य सङ्घका अध्यक्ष उपिन राईले बताउनुभयो । वाणिज्य सङ्घको भवन नगरप्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले संयुक्त शिलान्यास गर्नुभयो ।

चालु आर्थिक वर्षमा पहिलो तला सम्पन्न गरेर कार्यालय सारिने वाणिज्य सङ्घका अध्यक्ष राईले बताउनुभयो । भवन निर्माण शुरु हुने भएपछि जिल्लाका कतिपय व्यवसायीले व्यक्तिगतरूपमै सहयोग गर्ने बताएका छन् । चालीस वर्षअघि स्थापना भएको उद्योग वाणिज्य सङ्घ हाल दिक्तेलको त्रिवेणीचोकस्थित व्यक्तिको घर भाडामा लिएर दैनिक कामकाज सञ्चालन गरिएको छ । शिलान्यास कार्यक्रममा नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट रु ३० लाख बजेट भवन निर्माणमा सहयोग गर्ने बताउनुभएको छ ।

वाणिज्य सङ्घमा एक हजार ७०० साधारण सदस्य रहेको सङ्घका अध्यक्ष राईले बताउनुभयो । जिल्लाका दशवटै स्थानीय तह वाणिज्य सङ्घको शाखा गठन गर्ने काम भइरहेको महासचिव मनोजकुमार बजिमयले बताउनुभएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा व्यापार व्यवसायसँगै विकास निर्माणको काममा समेत वाणिज्य सङ्घको भूमिका महत्वपूर्ण रहेको छ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।