पूर्वराजालाई सुनाउन जो–जो पुगे

पूर्वराजा ज्ञानेन्द्र शाहले एक महिनाभन्दा धेरै पूर्वी नेपाल र सिक्किममा बिताए । संयोग कस्तो भने, उनमा प्रम केपी ओलीप्रतिको विश्वास एकदमै बढिरहेको छ र बस्न पनि ओलीकै जिल्ला झापामा बस्ने गरेका छन् ।त्यसरी प्रधानमन्त्री केपी ओलीप्रति विश्वस्त हुनुपर्ने आधार र कारणबारे पूर्वराजाले धेरैलाई खुलस्त बताएका छैनन् ।

तर, हरेक भेटघाटमा भन्ने गरेका छन्, ‘ओलीले केही गर्छन्’ काठमाडौंदेखि पूर्वराजा भेट्न झापा पुगेका ​पूर्वगृह र भूमिसुधार मन्त्री बुद्धिमान तामाङदेखि पाँचथरका युवा नेता सगुनसुन्दर लावती, दमकको मेयरमा पराजित भएर कांग्रेस पसेका राम थापा, कांग्रेसबाट राप्रपातिर लागेका भक्ति सिटौला, शाही अंगरक्षक भरतकेशर सिंहका छोरादेखि अस्मिता भण्डारीसम्मलाई पनि उनले ओलीप्रति विश्वस्त हुन सकिने मनशाय व्यक्त गरेका छन् । तर, त्यसका आधार, कारण वा घटनाक्रमबारे त्यति खुल्न चाहेनन् ।

झापा बस्दा उनले त्यतातिरका प्रायःजसो राजावादी र हिन्दू अभियन्तासँग भेट गरिसकेका छन् । आफ्नो कुरा खासै भन्दैनन्, तर भेट्न गएकाहरूले भन्ने कुरा ध्यानपूर्वक सुन्ने गर्छन् ।

देशको समसामयिक राजनीतिक घटनाक्रमका विषयमा आगन्तुकले राख्ने धारणा सुन्नमा खुब रुचि छ । र, कुराकानीका क्रममा हिन्दु राष्ट्र र राजसंस्था फर्किनेमा विश्वास व्यक्त गर्छन् तर कसरी, कुन माध्यमबाट र कुन प्रक्रियाबाट ती कुरा पूरा हुन्छन् ? न भेट्न जानेले सोध्न सक्छन् न त उनले नै भन्छन् । तर, उनको भनाइबाट बुझिन्छ, आफ्नो बलले हैन, ‘अरु कारण’ ले हिन्दू राज्य फिर्ता हुन्छ ।आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।