कोही कमरेड खरायो, कोही कछुवा

काठमाडौं , व्यक्तिका स्वभाव र कार्यशैलीले समूहलाई कति फरक पार्छ भन्ने कुरा एमालेको विवादबाट झल्किन्छ । जस्तो– संसदीय दलको बैठकमा भाग लिने र नलिने कुराकै गलफत्तिलाई हेरौँ । माधव–झलनाथ समूहको एमाले राष्ट्रिय कार्यकर्ता भेला चलिरहेको थियो, सानेपामा चैत ४ देखि । भोलिपल्ट, ५ गते अपर्झट बालुवाटारमा केपी ओलीद्वारा संसदीय दलको बैठक बोलाइयो ।

हालै दिवंगत कांग्रेस पूर्वसांसद नवीन्द्रराज जोशीलाई ४ सय ४४ मतले पराजित गर्ने जीवनराम श्रेष्ठले केही सांसदलाई फोन गरे र भने, ‘हाम्रा साथीहरूलाई कन्फ्युजन छ, भोलि हाम्रो भेला भाँड्ने गरी ओलीले संसदीय दलको बैठक डाकेका छन् ।’

माधव नेपालले जीवनरामलाई भने, ‘उसोभए भोलि १० बजे साथीहरूलाई यतै सानेपामा बोलाउनु न त’ भोलिपल्ट बिहानै एमाले सांसदहरू झुरुप्प त्यहीँ भेला भए । स्थायी कमिटी सदस्यबाहेक अरु संसदीय दलको बैठकमा जानुपर्छ भन्नेमा सबैजसो एकमत देखिए । स्थायी कमिटी सदस्यहरू चाहिँ ‘त्यहाँ गएर केही गर्न सकिँदैन, न दलको नेता फेर्न सकिन्छ, न भएका निर्णय नै उल्ट्याउन सकिन्छ, ओलीले पनि केन्द्रीय सदस्य जसरी सांसद थप्न, घटाउन सक्ने हैनन्’ भन्नेमा थिए । अन्त्यमा निर्णय भयो, दलमा रहेका स्थायी कमिटी तहबाहेकका अरु जाने । सोही निर्णयअनुसार, नेताहरू बाटो लागे ।

गंगा चौधरी सत्गौवाहरू बालुवाटार छिरिहाले । तर, त्यहाँ आफ्नो पक्षका कुनै नेता देखेनन् । गणेश पहाडीहरू पनि फर्किए । झपट रावल, जयकुमार राईहरूले नक्साल कटेर भाटभटेनी पुग्न लाग्दा भीम रावलको फोन रिसिभ गरे, ‘तुरुन्त फर्किनुस् त’ भन्ने । तर, रावलको यो फर्मानसँग घनश्याम भुषालको चर्को असहमति थियो ।

‘तपाईंले हिजोको भेलामा सुरेन्द्र पाण्डेमार्फत उद्घोष गराउनुभयो, बालुवाटार नजाने भनेर । यो कहाँ निर्णय भएर सुनाउनुभएको हो ? त्यसमा मेरो असहमति छ । आज कसलाई सोधेर बाटैबाट साथीहरूलाई फर्काउनुभयो ? एकता भंग गरेर एमालेकै रुपमा काम गर्न म असहमत थिएँ । तर, समूहको निर्णयका नाममा जान असहमति हुँदाहुँदै आइयो । तर, अहिले त बैठकमा जाने भनेर समूहको निर्णय नै छ । तपाईं बीचबीचमा साथीहरूलाई फिर्ता बोलाउने ?’

केपी ओली खरायो चालमा भएभरका निर्णय आफ्नो तजविजमा गर्दै जाने । माधवचाहिँ कछुवाको गतिमा विधि र पद्धति भन्दै बस्ने । तरिका माधवको ठीक, तर परिणाम केपीको खरायो शैलीको आइदिँदा कसरी मार खानुपर्छ ? संसदीय दलको बैठकबारे चलेको विवाद त्यसैको नमुना हो भन्नेहरू पनि छन् ।आजको जनआस्थासाप्ताहिक समाचार छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।