श,हीदको आ,त्माको शान्तिका लागि महायज्ञको माग

काठमाडौँ,ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि आगामी वैशाख १० गते देशभरका प्रमुख नदीमा महायज्ञको माग गर्दै स्वामी रामानन्द सरस्वतीले अन्न त्याग गर्नुभएको छ ।

सशस्त्र द्वन्द्वका क्रममा विद्रोही र सरकार पक्षबाट बलपूर्वक मारिएका ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि देशभरका सबै जिल्लाका प्रमुख नदीमा एकै दिन महायज्ञ गर्नुपर्ने मागका साथ सरस्वतीले मङ्गलबारदेखि अन्न त्याग गर्नुभएको हो । नेपाल सनातन धर्म संस्कृति सङ्गठन काठमाडौँको अध्यक्षसमेत रहनुभएका स्वामी सरस्वतीले ज्ञातअज्ञात शहीदको आत्माको शान्तिका लागि अन्न त्यागको घोषणा गरेको उहाँद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विश्व हिन्दू महासङ्घ, नेपाल धर्म संस्कृति सङ्गठनको केन्द्रीय समिति र जगद् गुरु मोहनशरण देवाचार्यले समेत उक्त माग गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । देशभर एकसाथ यस्तो महायज्ञ आयोजना गरे मात्र देशमा शान्ति कायम हुने सरस्वतीले विश्वास व्यक्त गर्नुभएको छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।