मानव बे,चबिखन तथा ओसारप,सार नियन्त्रण समिति गठन

कञ्चनपुर,खुला सीमा क्षेत्र रहेको दोधारा चाँदनीमा मानव बेचबिखन तथा ओसारपसार तथा नियन्त्रण समिति गठन गरिएको छ । मानव बेचबिखनको उच्च जोखिमा रहेको दोधारा चाँदनीमा नगर प्रमुख वीरबहादुर सुनारको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको सदस्यमा नगर उपप्रमुख चिनी गिरी, प्रहरी निरीक्षक लालबहादुर बम, प्रध्यापक यज्ञराज पण्डित, नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख जयबहादुर महरा, शिक्षा शाखा प्रमुख हरिदत्त जोशी, माईती नेपाल कञ्चनपुरका महेश्वरी भट्टलगायत रहेका छन् ।

“नेपाल–भारत खुला सीमा क्षेत्रका कारण नगरपालिका मानव बेचबिखनको उच्च जोखिम छ”, नगर प्रमुख सुनारले भन्नुभयो, “यसलाई नियन्त्रण गर्नका लागि नवगठित समितले सघाउ पु¥याउने छ ।” मानव बेचबिखन नियन्त्रण र जनचेतना सँगसँगै लैजानुपर्ने उहाँको भनाइ छ ।

अवैध बाटोको प्रयोग गरी चेलिबेटीलाई प्रलोभनमा पारेर भारततर्फ लैजाने कार्य रोक्नका लागि विभिन्न चुनौतीको सामना गर्दै कार्य अगाडी बढाउँदै आएको माईती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले बताउनुभयो । रोजगारी, विवाहलगायत प्रलोभनमा पारेर भारततर्फ लाग्दै आएका महिलाहरूको सीमा क्षेत्रमा रोकथामसँगै परिवारसँग पुनः मिलन गराउने उहाँले बताउनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।