एनटिसीको टावर टिपेन, ग्रामीण क्षेत्रमा स,मस्या

काठमाडौँ,सांसदले ग्रामीण क्षेत्रमा देखिएको दूरसञ्चारसम्बन्धी समस्याबारे अध्ययन गरी दीर्घकालीन समाधान खोज्न सुझाव दिएका छन् ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयद्वारा यहाँ आज आयोजित ‘दूरसञ्चार सेवाको पहँुच प्रवाह तथा गुणस्तर’ विषयक अन्तक्र्रिया कार्यक्रममा सांसदहरुले प्रत्येक वडा कार्यालय, विद्यालय र स्वास्थ्य चौकीलगायत गाउँगाउँमा इन्टरनेट सेवा पु¥याउनु सरकारको योजना व्यावहारिक रुपमै कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाली कांग्रेसकी नेत्री तथा सांसद चित्रालेखा यादवले सबैभन्दा पहिला ग्रामीण क्षेत्रमा देखिएको टेलिकमको टावरको समस्या समाधान गर्न सरकारसँग अपिल गर्नुभयो । पूर्वमन्त्री तथा सांसद शेरबहादुर तामाङले सरकारले अघि सारेको डिजिटल नेपालको फेर्मवर्कलाई पूर्णरुपमा सफल बनाउने गरी दूरसञ्चारको विकासमा जोड दिनुभयो ।

प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले भन्नुभयो, “दूरसञ्चार कम्पनीले जनताको पैसा चोर्छ भन्ने गुनासो छ, कसैलाई फोन गरेको हुँदैन तर पैसा काटिरहेको हुन्छ, यो समस्या के हो ।” प्रदेश नं २ र वाग्मती प्रदेशका सांसद सहभागी सो कार्यक्रममा सांसद नवरज सिलवालले नेपाल टेलिकमले पैसा कमाएको छ, तर गुणस्तरीय सेवा दिन सकेको छैन भन्नुभयो । सांसद गणेशकुमार पहाडीले डिजिटल नेपालकको आकाङ्क्षा पूरा गर्नका लागि मिडियासम्बन्धी भएका ऐन÷कानूनलाई संशोधन गरी सञ्चारमैत्री बनाउनुपर्नेमा जोड दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दूरसञ्चार क्षेत्रमा देखिएका नीतिगत र अन्य समस्या समाधानका लागि लिखित सुझाव दिन आग्रह गर्नुभयो । नेपाल दूरसञ्चार प्राधिकारणका अध्यक्ष पुरुषोत्तम खनाल र नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले नेपाललाई दूरसञ्चारमैत्री बनाउने उद्देश्यका साथ तीव्र गतिमा काम भइरहेको जानकारी दिनुभयो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।