सरकारले खेसरी दालको उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको पाँच दशक बढी, रोकिएन उत्पादन र बिक्री

सरकारले खेसरी (दालको जात) उत्पादन र बिक्री वितरणमा बन्देज लगाएको पाँच दशक बढी भइसकेको छ तर अझै यसको उत्पादन र बिक्री वितरण रोकिएको छैन ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले स्वास्थ्यका लागि हानिकारक भनेर प्रतिबन्ध लगाएको खेसरी नेपालको तराईका जिल्लामा अहिले ठूलो परिणाममा उत्पादन गरी दाल, पापड र पकौडामा उपभोग गर्दै आएको पाइएको छ ।

खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य नियमावली २०२७ आएदेखि नै नेपालमा खेसरीको उत्पादन, विक्रीवितरण र उत्पादनमा कानुनी रूपमै बन्देज लगाएको थियो ।

सिराहा औरही गाउँपालिका–५ का अगुवा किसान श्रीदेव यादवले तराईमा अहिले पनि खेसरी प्रत्येक घरमा उत्पादन हुने गरेको बताए । उनले भने, “तराईका कतिपय घरमा अहिले पनि खेसरी र मुसुुरो दाल मिसाएर खाने चलन छ । अझै बढी त खेसरीको पापड र पकौडा बढी खाने गरिन्छ ।”

उनका अनुसार तराईमा दालसहित खेसरी सागका रूपमा पनि खाने गरिन्छ । खेसरी उत्पादन र उपभोग गर्न नहुने विषयमा त्यस क्षेत्रका स्थानीयवासीलाई जानकारी नै नभएको पनि उनले बताए ।

उद्योग वाणिज्य सङ्घ प्रदेश २ का अध्यक्ष ललित शाहले खेसरी स्वास्थ्यका लागि हानिकारक भनिए पनि तराईका ग्रामीण क्षेत्रमा यसको दाल खाने चलन छ तर बजारतिर भने त्यति धेरै नपाइने बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।